अज्ञात व्यक्तिको आक्रमणमा घाइते भएकी सुजता परियारको मृत्यु


धनकुटा, माघ १७ - 

अज्ञात व्यक्तिको आक्रमणमा घाइते भएकी बालिकाको मृत्यु भएको छ । अर्खौले जितपुर ६ की ११ वर्षीया सुजता परियारको बुधबार राति विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । 

गत सोमबार घरमा कोही नभएको समयमा सुजतालाई अज्ञात व्यक्तिले आक्रमण गर्दा टाउकोमा गहिरो चोट लागेको थियो । उपचारका लागि उनलाई सोही दिन विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइए पनि पैसा तिर्न नसकेको भन्दै उपचारै नगरी अस्पतालले फिर्ता पठाएको थियो । चन्दा संकलन गरी बिहीबार नोबेल पुर्‍याइएको थियो ।

शवको माघ १६ गते कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टम भयो । माघ १२ गते चन्द्रकुमारी घाँस दाउरा गर्न जङ्गल गएको बेला पीडितलाई अज्ञात समूहले आक्रमण गरी घरको भान्छा कोठामा बेहोस अवस्थामा छाडेको थियो । घटनाको जानकारी पाए लगत्तै प्रहरीलाई मौखिक जानकारी गराएपछि घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रदीपकुमार श्रेष्ठले बताए ।


No comments:

Post a Comment