राष्ट्रिय दलित आयोगमा दुई मात्र पदाधिकारी हुदा काम कारवाही ठप्प

माघ २६,
१७ जनाको दरबन्दि रहेको राष्ट्रिय दलित आयोगमा दुई मात्र पदाधिकारी हुदा काम कारवाही ठप्प हुन पुगेको छ । सरकारले एक अध्यक्ष र सदस्य नियुक्त गरेपनि वाँकी १५ पदाधिकारी मनोनन हुन सकिरहेका छैनन् ।
सरकारले गत असारमा आयोगको अध्यक्षमा मान वहादुर नेपालीर सदस्यमा रुकमाया रानापाललई नियुक्त गरेको थियो । त्यतिवेला ७ जना मात्रै पुराना पदाधिकारी मात्रा थिए । आयोगमा अध्यक्ष र सचिव सहित १७ जना पदाधिकारी रहने व्यवस्था रहेको छ । अध्यक्ष नेपालीले सदस्य सचिवको समेत टुङ्गो नलागेकाले काम गर्न अप्ठारो परेको बताउनु भएको छ ।
तीन महिनादेखी सदस्य सचिवमा कसलाई नियुक्त गर्ने भन्ने वारेमा दलहरुको सहमती हुन नसक्दा समस्या परेको हो । जस्ले गर्दा आयोगका काम कारवाही समेत प्रभावित वनेको छ । साथै कर्मचारी नियुक्तमा समेत आयोग अलमलिएको छ । हाल आयोगमा २७ कर्मचारीको दरबन्दि रहेको छ । जस्मा १९ जना कार्यरत छन् भने, ८ जनाको पद रिक्त अवस्थामा छ । मन्त्रालयले आयोगमा पठाउने उपसचिव नहुदाँ पनि कर्मचारी ढिलाई भएको छ । आयोगमा उपसचिव चिरञ्जिवी तिमल्सिना सरुवा भएपनि उहाँको सट्टा मन्त्रालयले अर्काे पठाउन सकिरहेको छैन ।
दलित गैरसरकारी संस्था महाँसघका अध्यक्ष गजाधर सुनारले दलित आयोगमा समयमै पदाधिकारी नियुत्तः नहुदाँ दलितका समस्या वेवास्ता हुन पुगेको बताउनु भयो । अयोग पदाधिकारी विहिन हुँदा सेवा र वजेट समेत प्रभावित भएको अध्यक्ष सुनारको भनाई छ । यो वर्ष विभिन्न संस्थाबाट छुवाछुत र विभेदबारे १५ वटा प्रत्यक्ष उजुरी परेका छन् । त्यसको अनुगमन र कार्यन्वयनमा समेत पदाधिकारी र जनशक्ति कम हुँदा अप्ठारो परेको आयोगका अध्यक्ष नेपालीले बताउनु भयो ।

स्रोत : कान्तिपुर दैनिक

No comments:

Post a Comment