मानसिक सन्तुलन गुमाएका सार्कीले आगजनी गर्दा पाच परिवार समस्यामा

सल्यान , फाल्गुन ९ - मानसिक सन्तुलन गुमाएका एक ब्यक्तिले शनिबार दिउसो आगजनी गर्दा लेखपोखरा २ पाखापानीको सार्कीगाउका पाच घर जलेर नष्ट भएका छन । आगजनीबाट २० लाख भन्दा बढिको क्षती भएको छ ।
मानसिक सन्तुलन गुमाएका स्थानीय राजेश सार्कीले घरघरमा आगजनी गर्दा तोरण, भेद बहादुर, पार्बती र भुपाल सार्की लगायतको  घर जलेर नष्ट भएको हो । घरमा आगजनी गरेर भागेका सार्कीले गाउ नजिकैको जंगलमा समेत आगजनी गरेका थिए ।
आगजनी गर्ने सार्की अहिले फरार छन् । उनका कारण पाच घरका सम्पुर्ण लत्ताकपडा, भाडाकुडा र खाद्यान्न जलेको स्थानीय रोमर्ष के.सि.ले बताए । उनले भने,'सम्पुर्ण सामाग्री नष्ट हुदा पाच परिवार समस्यामा परेका छन । उनीहरुलाई छिमेकीले आश्रय दिएका छन् ।'
    मानसिक सन्तुलन गुमाएका सार्कीको स्थानीय युवा तथा प्रहरी द्धारा खोजी भैरहेको छ तर फेला पार्न सकेका छैनन् । उनको कृयाकलापबाट सम्पुर्ण गाउले त्रसित छन । प्रत्येकले आआफनो घरमा दिउशो राती पहरा दिनु पर्ने अबस्था आएको छ । जंगल पसेका सार्कीले कुनै पनि समयमा फर्केर पुन अर्को घरमा आगजनी गर्न सक्ने आशंका स्थानीयको छ । मानसिक सन्तुलन गुमाएका सार्की एक बर्ष अघि मात्र मलेसियाबाट आएका थिए ।

No comments:

Post a Comment