डोटी सिलगढीमा १७ सदस्यीय जिल्ला स्तरीय मतदाता मंच गठन

मिलन परियार
डोटी,१२ फागुन
जागरण मिडिया सेन्टर

डोटी सदरमुकाम सिलगढीमा आयोजित एक कार्यक्रममा मिलन परियारको संयोजकत्वमा १७ सदस्यीय जिल्ला स्तरीय मतदाता मंच गठन भएको छ ।
मतदाता दर्ता निर्वाचन सहभागिता र नागरिकता सहयोग परियोजना अन्र्तगत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीको आयोजनामा दिपायल सिलगढी नगर पालिकाको सभा हलमा आयोजित जिल्ला स्तरीय सरोकारवालासंग समन्वयात्मक बैठकले मंच गठन गरेको हो ।
मंचको सदस्यहरुमा नेकपा एमालेका खडक बहादुर कठायत,नेकपा बिप्लब समूहका कृष्ण बोहरा,नजर साप्ताहिकका सम्पादक झलक पाली,बिम्ब साप्ताहिकका कर्ण चन्द,ईन्सेक प्रतिनिधि दिर्घ खत्री,राससका जिल्ला प्रतिनिधि चक्र कुवँर,सन्देश सारथीका भुमिराज जोशी,आधुनिक सिप विकास मंचका अध्यक्ष कृष्ण बहादुर लुहार,सम विकास केन्द्र नेपालका उपाध्यक्ष रबिन्द्र बागचन रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा दलित महिला संघकी मिना आउजी,दलित सेवा संघका किशोर दियाली,सामुदायिक विकास मंचका गणेश प्रसाद उपाध्याय,निड्स का खेम बहादुर मल्ल,महिला मानब अधिकार रक्षक संजालकी जयन्ती सेवा,सामुदायिक विकास केन्द्रका कृष्ण बि.क.,सोर्स नेपालका मान बहादुर बोहरा,बिकास समूह नेपालका अमर बि.क.,राष्ट्रिय हलिया मुक्ति समाजका कर्ण चुनारा र सुनिल सेवा रहेका छन् ।
यूएस एडको आर्थिक सहयोगमा विगत एक बर्षदेखी डोटीको बगलेक, लडागडा, सानागाउ, खिरसैन, तिखातर, पचनाली, बारपाटा, बनलेक, कपल्लेकी र जिजोडामाण्डौं गाविसमा परियोजना संचालनमा आएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डोटीका अध्यक्ष कुमार सिं टेलरको सभापतित्व रहेको कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल अथिति रहनु भएको थियो भने कार्यक्रमका फोकल पर्सन मिथुन सिजापतीले गरेका थिए ।

No comments:

Post a Comment