रक्सीले मातिएका टिकाराम भीरबाट लडे


फोटो :फाइल स्केच

चरिकोट: दोलखामा एक व्यक्तिको भीरबाट लडेर ज्यान गएको छ। ज्यान जानेमा दोलखा जिल्ला बोच गाविस-९ मोडछापका ५६ बर्षीय टिकाराम विश्‍वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सन्तकुमार लामाले जानकारी दिए।

सोमबार दिउँसो घरबाट निक्लीएका विक मङ्गलवार बिहान घर नजिकै ढुड खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ। अत्याधिक रक्सी सेवन गर्ने विकको रक्सी सेवन गरेकै कारण भीरबाट खसेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। विक ढुड खोलाको भीरबाट झण्डै ५० मीटर तल खसेको अवस्थामा भेटिएका थिए।
 
पितृ कार्यको लागि ढुड खोला पुगेका स्थानिय दिलबहादुर विकले टिकारामको शव देखेपछि परिवारलाई खबर गरेका थिए। मृतकको शवलाई पोष्ट मार्टम पछि परिवारलाई जिम्मा लगाईने र घट्नाको आवश्यक छानविन भै रहेको प्रहरी निरीक्षक लामाले बताए।

No comments:

Post a Comment