दलितसँग विवाह गर्दा कुटपिट गर्ने पाँचजना पक्राउ

माघ २३,काठमाण्डौं ।दलित युवकसँग विवाह गरेको निहुँमा युवतीलाई कुटपिट गर्ने माईती पक्षका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । चारघरे ८ पिपलडाँडाकी २० वर्षिया रजनी थापामगरलाई कुटपिट गर्ने उनका काका सहित पाँचजना पक्राउ परेका हुन् ।
दलितसँग विवाह गरेको भन्दै माइतीको कुटाईबाट घाइते भएकी रजनी थापामगर(विचमा) माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा । जिल्ला प्रहरीमा उजुरी दर्ता गरेपछि सहयोगी र आफ्ना लालबहादुरसँग घर फर्किदै । 
कल्याणपुर४ खुर्सानीका २१ वर्षिय लालवहादुर विकसँग गत शनिवार प्रेम विवाह गरेपछि माईती पक्षले सोमवार दिउसो केटाकै घरमा पुगेर रजनीलाई कुटपिट गरेका थिए । कुटपिट पछि रजनीले चारघरे ८ का नाताले काका पर्ने हिक्मत वहादुर थापामगर, मञ्जु राना मगर, रमाकुमारी थापा मगर, र होम वहादुर थापामगर विरुद्ध प्रहरीमा उजरी दिएकी थिईन् । अहिले उजुरीमा उल्लेखित ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने, साईली राना मगर भने फरार रहेको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जनाएका छन् । रजनीलाई माईती गाँउका ४०÷५० जनाले घेरेर ६ जनाले कुटपिट गरेका थिए । पक्राउ परेकालाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अनुसार कारवाही गरिने प्रहरी निरीक्षक अधिकारीले बताए । कुटसिपटबाट घाईती भएकी रजनीको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भईरहेको छ । उपचारपछि पनि उनी राम्रोसँग हिडडुल गर्न सक्ने अवस्था नरहेको उनको परिवारले जनाएको छ । उनका पति लालवहादुर विकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि पनि असुरक्षित महसुस गरेकाले घर फर्कन सकेका छैनन् । उनीहरु सदरमुकामै वस्दै आएका छन् ।

No comments:

Post a Comment