लम्जुङ्गका हरिशरण परियार कविता महोत्सव प्रतियोगितात्मक कार्यक्रममा तेस्रो भए

 महाशय,
IMG_4268[1]
तिमीले कसरी भन्यौमेरो खाली पैताला हेरेर

मेरो खाली पैतालाको धुलो यो देशको हैन,
कसरी भन्यौ मेरो देश हैन भनेर …?
उनी फाट्टफुट्ट रचना मात्रै कोर्ने गर्थे, कवि थिएनन्। राष्ट्रिय कविता महोत्सवमा सहभागी हुने रहरसँगै उनले यी पंक्ति कारे। ‘नयाँ सिमाना’ शीर्षकको यही कविताले यस वर्षको राष्ट्रिय कविता महोत्सवमा सुर्खेतका २३ वर्षे एकल यात्रीलाई प्रथम पुरस्कार दिलायो।
‘अब आँट पलाएको छ,’ उनले भने। 
सोमबार राजधानीमा प्रतिष्ठानले कविता वाचनसँगै विजेताको नाम घोषण गरेको हो। ओखलढुंगाका चेतनाथ धमलाको कविता ‘पाठशाला’ दोस्रो भयो। तेस्रो स्थानको लागि भने तीनजनाका रचना छनोटमा परे— काठमाडौंकी शशि थापा ‘पण्डित’ को ‘भ्रम समय र न्याय’, गोरखाका नारायणप्रसाद पोखरेलको ‘संकल्प’ र लमजुङका हरिशरण परियारको कविता ‘दुर्घटित सपनाहरू र गणतन्त्र’। प्रथम हुनेले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले जनही १०-१० हजार रुपैयाँ पाउनेछन्। योसँगै उनीहरूले क्रमशः स्वर्ण, रजत र कास्य पदक पाउनेछन्।
IMG_4265[1]
महोत्सवमा विजेताको नाम घोषणा गरिए पनि राष्ट्रपतिको हातबाट विशेष समारोहमा पुरस्कार एवं सम्मान पत्र हस्तान्तरण गरिने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए। पत्रकारीता विषयमा स्नातक गरेका एकल यात्रीको कविताले मुलुकका विवादित सीमा र जटिलताका मुद्दा उठाएका थिए। चेतनाथले समकालीन समयको द्वन्द्व तथा आरोह/अवरोह झल्काएका थिए। हरिशरणले गणतन्त्र आएपछि सिमान्तकृत समुदायमा नदेखिएको प्रभावमाथि व्यंग्य गरेका थिए। शशि थापा र नारायणका रचना पनि समाजको विसंगतिमाथि केन्दि्रत थिए। महोत्सवमा २ सय ७४ ले सहभागीता जनाएकामा अन्तिम प्रतिस्पर्धाका लागि ३२ कवि छानिएका थिए। प्राज्ञ अमर गिरीको संयोजकत्वमा डा. बेञ्जु शर्मा, डा. कुमार कोइराला, डा. रामप्रसाद ज्ञवाली, आहुति, डा. हेमनाथ पौडेल निणर्ायक मण्डलमा थिए। प्रतियोगी कवितामध्ये असीम सागरको ‘पसिनाको जुलुस’ ले धेरै श्रोताहरूको प्रशंसा पायो। अर्घाखाँचीका उनले इमानदार नागरिकको मनोविज्ञानलाई यसरी सुनाए:
धनमाया स्कुस बेच्छिन् इमान बेच्दिनन्
साग बेच्छिन् स्वाभिमान बेच्दिनन्
आइसक्रिम बेच्छिन् हिमाल बेच्दिनन्
देशको नक्सा बेच्छिन्
देश बेच्दिनन्
महोत्सवमा कवि बिप्लप ढकाल, विश्वविमोहन श्रेष्ठ, उषा शेरचन, अनिल पौडेल, राम विनय, मणि लोहनी, अभय श्रेष्ठ, रावत, चन्द्रवीर तुम्बापो, नवराज लम्साल, शकुन्तला जोशी, टंक भट्टराई, चन्द्र रानोहाँछा, अनिल पौडेल, राम विनय, प्रभा भट्टराई लगायत २५ अतिथि कविले पनि रचना सुनाएका थिए।
२०२२ देखि नै तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सुरु गरेको राष्ट्रिय कविता महोत्सव हरेक वर्ष हुँदै आएको छ।

No comments:

Post a Comment