डोटीमा आरन पेशा संरक्षण अभियान थालियो

मिलन परियार
१४ फागुन

डोटी, जागरण मिडिया सेन्टर
नया पुस्ताले पुख्र्यौली पेशा नअपनाउदा आरन पेशा लोप हुने अबस्थामा रहेका बेला डोटीमा आरन पेशा संरक्षण अभियान थालिएको छ ।

1 (1)
डोटीको लामीखाल गाविसका कृष्ण बहादुर लुहारले गत बर्षदेखी अभियान थालेका हुन् । विगत चार बर्षदेखी आधुनिक सिप विकास मंच स्थापना गरि पुख्र्यौली आरन पेशाको संरक्षणमा लागी परेका हुन् ।

आधुनिक सिप विकास मंचको आयोजनामा डोटीको लामीखाल गाविसमा यही माघ ५ गते देखी ३ महिने आधुनिक घरेलु हतियार निर्माण तालिम संचालन गरिएको छ । तालिममा लामीखाल र महादेबस्थान गाविसका १५ जना युवाहरु सहभागी रहेका छन् ।
जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा आधुनिक सिप विकास मंचले गत बर्ष पनि आरन सुधार तालिम संचालन गरेको थियो । सो तालिममा २० जना युवाहरु सहभागी थिए ।
कामी समुदायले गर्दै आएको आरन पेशा संरक्षण अभियानमा लागेका आधुनिक सिप विकास मंचका अध्यक्ष कृष्ण बहादुरले यस बर्ष पनि आफनै पहलमा घरेलु तथा साना उधोग विकास समिति,ग्रामिण विकास केन्द्र,सम विकास केन्द्रको सहयोगमा आधुनिक खरेलु हतियार निर्माण तालिम संचालन गरेका छन् ।
घरेलु तथा साना उधोग विकास समिति डोटीले प्रशिक्षक र सहायक प्रशिक्षकको तलब रकम र फलामका कच्चा पदार्थ,सम विकास केन्द्र नेपाल र ग्रामिण विकास केन्द्रले खाजा तथा कच्चा पदार्थ ढुवानी सहयोग गरेका छन् । तालिमका स
2 (1)
हभागीले उत्पादन गरेका खुकुरी,चुप्पी र चुलेसी यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रदर्शनीमा राखिएको थियो ।

जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल,घरेलुका प्रमुख,राजनितिक दलका प्रमुख,पत्रकार र बिभिन्न गैर सरकारी संस्थाका प्रमुखहरुले अवलोकन गरी प्रशंसा गरेका थिए ।
तालिममा दैलेखका गगन सिं कामी मुख्य प्रशिक्षक र लामीखाल गाविस ४ भारसैनका प्रताप लुहार सहायक प्रशिक्षक रहेका छन् । तालिममा पश्चात युवाहरु गाउमै बसेर आधुनिक घरेलु हतियारहरु निर्माण गर्न सक्ने र रोजगारीका लागी भारत जानु पर्ने अवस्था नभई गाउमै स्वरोजगार हुने आधुनिक सिप विकास मंचका अध्यक्ष कृष्ण बहादुर लुहारले बताए ।

No comments:

Post a Comment