मीना सुनारको इज्जत लुटी हत्या गर्ने आठ भारतीय पक्राउ

फोटो :दैनिक भाष्कर (नेपाली युवती बलात्कारमा संलग्नहरु)
एजेन्सी : मानसिक समस्याको उपचारका लागि दिदीभिनाजुसँगै भारतको हरियाणा पुगेकी बर्दिया राजापुर १० टेडियाकी मीना सुनारलाई हरियाणामा सामूहिक बलात्कार गरी हत्या गरेको अभियोगमा भारतीय प्रहरी ८ जना भारतीय युवालार्इ पक्राउ गरेको छ । ती नेपाली युवतीको बलात्तकार गरेको अभियोमा भारतीय प्रहरीले हरियाणाको रोहतकबाट घटनाको ११ दिनपछि बिहीबार आठ आरोपितलार्इ प्रकाउ गरेको हो ।

पक्राउ परेका आठैजनालार्इ प्रहरीले सार्वजनिक गरेर उनीहरुलार्इ घटनास्थलमा लगी थप सबुत प्रमाण जुटाउने काम थालेको छ । युवती बलात्कारमा संलग्न ९ मध्ये एक युवकले भने आत्महत्या गरिसकेका छन् । आठैजनालार्इ प्रहरीले अदालतबाट म्याद थपेर हिरासतमा राखी घटनाको जाँचबुझ गरिरहेको छ । मानसिक समस्या भएकी युवतीलार्इ बलात्कार गरेको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि डराएका ती युवाहरुले आत्महत्या गर्ने योजना समेत बनाएको अनुसन्धानबाट खुलेको छ ।


यसरी भयो घटना
पक्राउ अभियुक्तहरुले पुलिसलार्इ दिएको बयान अनुसार नेपाली युवतीलार्इ १ फेब्रुअरीको साँझ ५ बजेको समयमा ५ जना युवाले  गद्दी गाउँको खेडी मोडस्थित एक भट्टी पसलमा रक्सी पिइरहेका थिए ।
घटनास्थलमा प्रमाण जुटाउँदै चिकित्सक र प्रहरी
त्यहीबेला उनीहरुले हिसार रोडमा पैदल हिँडिरहेकी नेपाली युवतीलार्इ देखेका थिए । रक्सी पिइरहेका पाँच जना भारतीय शिलु, सुनिल माडा, पवन र पदम सँगै रहेका नेपाली युवा सन्तोषलार्इ त्यहीँ छाडेर युवतीतर्फ बढेका थिए ।

रक्सीले मातेका उनीहरुले पहिले गाउँको मोडबाट कोठडेमा लगेका थिए । त्यसपछि उनीहरुले फोन गरेर मनबीर, सोमबीर, सरबर र घुचडुलार्इ समेत बोलाएका थिए । सबैजना भेला भएपछि उनीहरुले पुन रक्सी पिएका थिए । त्यसपछि ती युवतीलार्इ डेढ किलोमिटर परको सुनसान कोठमा लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नेपाली युवती बलात्कृत भएको घर 
युवतीको इज्जत रातभर लुटेपछि उनीहरुले मध्यराति युवतीलार्इ सडकमा फ्याक्न जान खोजेपनि पोल खुल्ने डरले उनीहरुले हत्याको योजना बनाएको भारतीय प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले युवतीको इज्जत लुटेपछि युवतीलार्इ मार्ने योजना बनाएर नहरमा फ्याक्न लिएर गएका थिए । उनीहरुले युवतीलार्इ ढलमा हालेपछि पहिले इँटाले टाउकोमा हानेर युवतीलार्इ घाइते बनाए । त्यसपछि युवतीको शरिरमा ढुंगाले हानेका खुलेको छ । इँटाले लागेर ज्यान गुमाइसकेकी युवतीमाथि उनीहरुले ढुंगाले समेत किच्याएका थिए ।

भारतीय प्रहरीले घटनास्थलमा फोरेन्सिक प्रमाण जुटाउन स्पेशल टिम नै गठन गरेको छ । बिहीबार प्रहरीले पाँच घण्टासम्म आरोपीलार्इ घटनास्थलमा राखेर प्रमाण जुटाउने काम गरेको छ ।
प्रमाण जुटाइँदै
एफएसएलका क्षेत्रीय सहायक निर्देशक डा. रविन्द्र  र पाल डा. सरोज दहियाले पुलिसको सहयोगमा आरोपीसँग सम्बन्धित प्रमाण घटनास्थलबाट बटुलेको थियो ।

अनुसन्धानका क्रमा युवतीको शिरमा हानिकए इँटा, सिमेन्टको बोरा टुक्रा, कपडा जलाएपछिको खरानी र कम्बल फेला पारेको छ। युवतीको पोस्टमार्टममा संलग्न चिकित्सकले उनको यौनाङ्गको भित्रीभागमा समेत १६ सेमिको ढुंगा फेला पारेको जनाएका छन् ।
बलात्कारमा संलग्न युवाहरु
पोस्टमार्टमका क्रममा उनको यौनाङ्गमा सिमेन्टको बोराको टुक्रो, ब्लेड, र फलामको काँटी र कण्डमसमेत घुसाएको भेटिएको छ । 

बलात्कारमा संलग्नहरु पक्राउ परेपछि

- Source:-annapurnapost

No comments:

Post a Comment