२३ बर्षीय मीना नेपाली एक बर्षदेखि जुत्ता सिउने काम गर्दै

???????????????????????????????
कोहलपुर न्यूरोड नजिक सडकपेटीमा जुत्ता सिउँदै मीना नेपाली 

टेकेन्द्र बस्याल
माघ १४, कोहलपुर,
जागरण मिडिया सेन्टर
जुत्ता सिउने पेशा पुरुषहरुले मात्र गर्नुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्दै कोहलपुर–११ एकतानगरकी २३ बर्षीय मीना नेपाली एक बर्षदेखि जुत्ता सिउने काम गर्दै उदाहरणीय बनेकी छिन् । दाङ् बागमारे–१ की नेपाली कोहलपुरमा बसेर जुत्ता सिउँदै आएकी हुन् । कोहलपुर न्यूरोड नजिक सडकपेटिमा उनी पुराना, नँया जुत्ता सिउने र बनाउने काम गर्छिन् । चार छोराछोरीकी आमा मीना सडक पेटिमा जुत्ता बनाउने सामान राखेर दिनभर काम गर्ने गर्छिन् । मलाई जुत्ता सम्बन्धि सबै काम गर्न आउँछ, उनले भनिन्, पहिला पतिमात्र काम गर्नुहुन्थ्यो, विस्तारै सिक्दै आफै काम गर्न थाले । उनका पति तारासिंह नेपाली पनि दशबर्षखदेखि जुत्ता सिउने काम गर्दै आएका छन् । जुत्ता तुन्न, सिउन, टाल्न देखि ज्याकेट, झोला सिउँन आउँने गरेको भनिन् । उनको जुत्ता बनाउने ठाउँमा अधिकाँस पुरुषहरु आफ्ना जुत्ता, चप्पल र झोला, ज्याकेट लिएर सिउन र टाल्न आउँछन् । 
कोहलपुरमा महिलाहरु अरु जुत्ता बनाउने छैनन्, उनले भनिन्, महिला भएर काम गर्दा खुशी लागेको छ । आँफूले काम गर्न थालेपछि पति विरामी, बाहिर जाँदा आँफैले पेशा धानेर काम गर्ने गरेको उनले बताईन् । एक बर्षदेखि जुत्ता, चप्पल बनाउन र सिउने सिकेकी उनी दिनभर सडकपेटिमा काममा भेटिन्छिन् । आँफूलाई काम गर्न पत्तिले सिकाएको उनले भनिन् । 
उनी कोहलपुरमा भाडा बस्दै आएकी छिन् । मीनाका पति तारासिँहले उनले काम सिक्दा आँफूलाई सहज भएको र फुर्सद मिल्ने गरेको बताए । एक्लै हुँदा विरामी, दुःख पर्दा, बाहिर काममा जाँदा पेशा नै बन्द गर्नुपर्ने अवस्था बन्द भएको उनले भने । मीना नेपाली परिवार जुत्ता बनाएर दैनिक पाँच सय देखि एक हजार आम्दानी गर्छन् ।

No comments:

Post a Comment