पति र नन्दको कुटाईबाट घाइते भएकीएक दलित महिलाको विजोग
Wednesday, September 11, 2013
भाद्र २५, राजविराज- ६ दिनअघि पति र नन्दबाट बाँधेर तातो डाडुले शरीरको विभिन्न भागमा कुटिएकी सप्तरी मानराजा गाविसकी ४० वर्षिया एक दलित महिलाको विजोग भएको छ । मानराजा ९ बगबिरा स्थित आफ्नै घरमा शोभादेवी सदालाई पति सुन्दर सदा र नन्द घुरनी सदाले उनलाई निर्घात कुटेका थिए ।
शोभादेवीका अनुसार दुबै जनाले उनलाई बाँधेर तातो डाडुले शरीरको विभिन्न भागमा कुटेका हुन् । तातो डाडुले कुट्दा उनको शरीरभरी घाउ बनेको छ । उनको पाँच दिनदेखि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्प्तालमा उपचार भइरहेको छ ।
पति र नन्दको कुटाईबाट घाइते भएकी शोभादेवीलाई घरका कसैले उपचार गर्न अस्पतालसमेत पुर्याइ दिएनन् । कुटाईले अशक्त भएकी उनी बेल्ही चपेना ९ स्थित माईत पुगेपछि त्यहाँबाट उनका भाई लोचन सदाले चारदिन अघि उपचार गर्न अस्पताल ल्याएका थिए ।
घटनाको ६ दिन बित्दा पनि शोभादेवीलाई निर्घात कुट्ने पति र नन्दलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीका अनुसार आरोपीहरु फरार रहेका छन् ।
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
RECENTS-POSTS
1/random/post-list
NEWSLETTER
Get All The Latest Updates Delivered Straight Into Your Inbox For Free!
No comments:
Post a Comment