प्रेम सुनार, गुल्मी । स्थानिय बिश्वकर्मा समुदायको घरमा जोत्न जाँदा
गुल्मी बडागाउँ ७ का ३५ वर्षिय उपाध्याय बाहुनका छोरा वासु रिजाललाई उनका
समुदायका मानिसहरुले ‘कामीको हली’ भनेर खिसीटिउरी गर्थे तर अहिले उनै
खिसीटिउरी गर्नेहरुले नै हलो जोत्न थालेपछि उनलाई गर्व लागेको छ ।कुनै समय जोत्ने मान्छे अर्कैतिर जाला, भनेर उज्यालो नहुँदै दलित वस्तीका
घर घरमा पुग्ने त्यस वडाको भराह, कालिमाटी, मुसिकोट गाविस समेत जोडिएको
पोखरेल टोलका ब्राम्हणहरु अहिले त्यस वडाको चुँदरीगाउँ र अन्य गाउँका
दलितहरुको खेतवारीमा अर्मापर्माका लागि जोत्न जान्छन् । वासु लगायतका केहि
व्राम्हण युवाहरु भने देहडी बुझेरै दलित होस वा जुन
सुकै जाती, हली काम
गर्न ह्ड्छिन । एक दशक पछि त्यस गाउँमा पुग्ने मान्छेहरुलाईे त्यहाँको
त्यो परिवर्तन देख्दा लाग्ने छ–आखिर जातियताको आधारमा कामको बाँडफाँड
हिजोका शासकहरुबाट शोषणका लागि भ्रम लादिएको रैछ, नयाँ पुस्ताको केहि दोष
छैन भन्ने कुरा ।
एक दशक अघि वासुले दलितकहाँ गएर हलो जोत्दा, बरु कतिपय तिनै दलितहरु
वासुलाई बारीमा गोरु नार्न लगाएर आफुहरु विहानैदेखि जाँड भट्टीमा टिल्ल
भएर दलितहरुलाई बाहुनहरुले साह्रै हेपेको भन्दै तिनैहरु विरुद्ध सशक्त
आन्दोलनको शंखघोष गरेको सुनिन्थ्यो जाँडको तालमा । तर अहिले उनिहरुमा पनि
परिवर्तन आएको छ । अर्थात जाँड रक्सी लगायतको विलासी जीवन शैली उनिहरुमा
कम हुँदै गएको छ ।
एक समय प्राय सवै क्षेत्री व्राम्हणहरुको हली बनेका चुँदरीगाउँका
बिश्वकर्माका छोराहरु कोही सेना प्रहरी, अन्य पेशा त कोही बैदेशिक
रोजगारमा छन् उनिहरुको खेतवारी जोताह अहिले उनै गोरु पालेका व्राम्हण ,
क्षेत्रीहरुले गरी दिन कत्ति हिचकिचाउँदैनन् । भुपाल सुनारका छोराहरु कोही
सेनामा छन् त कोही शहरमा पत्रकारिता गरेर बस्छन् उनको खेतवारीमा जोतवाह ,
खनीखर्सी गरी दिने नजिकका सहयोगी कहिले उनै वासु त कहिले छिमेकी हरि
रिजालका परिवार बनेका छन् ।
करिव १२ वर्षसम्म भारतको मजदुरी र चार वर्ष सम्म खाडीको तातो घाम खाएर
आएका चुँदरीगाउँका ताराचन सुनार अहिले किराना पसलका अलवा आफै गोरु पालेर
जोत्न ह्ड्छिन । ‘ विदेश गयो वा कुनै स्वदेशमा जागिरे भयो र अलिअलि पैसा
कमायो कि हलाको अनौं छोयो कि घटिन्छ जस्तो गर्न थालेका छन् हाम्रै समुदायका
मान्छेहरुले ’सुनारले भने –‘हेर्नुस त वासु, लगायतका यो गाउँका
व्राम्ह्णका छोराहरु अहिले हलो जोतेर मनग्ये आम्दानी गरेका छन्, त्यसैले
मैले पनि गोरु पालेर जोत्न ह्ड्निे गरेको छु ।’
त्यस गाउँमा राँगा र गोरु पाल्न प्रेरित गर्ने उनै वासुका पिता टिकाराम
रिजाल थिए । उनी जीवित छउञ्जेल खेत रोपाई गर्दा खोकमा कसका गोरु कति
दौडिने ? अनि कसका गोरु जुधाउँदा कसकाले हार्ने , कसकाले जित्ने भन्ने
प्रतिष्पर्धा चलाउँदा युवाहरु आफै घाँस काटेर , घिउ तेल खुवाएर गोरु
पाल्ने गर्दथे । स्वर्गिय टिकारामले राँगा पनि एक अर्को गाउँ संग
प्रतिष्पर्धा गर्ने गरी पाल्ने गर्दथे । जीवनभर कृषि र पशु पालनलाई मुख्य
पेशा बनाएर सधै गाई गोरु , राँगाको पछि लागेर हिड्ने टिकारामलाई
पण्डित्याँई गरेर ह्ड्निेहरुले ‘गोठालो वाहुन’ भनेर उपेक्षा पनि गरे तर
उनि पछि त्यसै पेशालाई लोभ लाग्ने बनाए । बाबु टिकारामबाटै प्रभावित भई आफु
कृषि र पशुपालनलाई मुख्य पेशा बनाएको वासु बताउँछन् ।
उनि भन्छन–्् ‘आठ नौ वर्ष भारतमा वसीयो , त्यहाँबाट फकेर बुवा वितेपछि
उहाँको पिडो थाम्न राँगो पाल्ने कार्यलाई निरन्तरता दिएँ अनि आफुले
सकिनसकी गोरु पाल्ने, दलितलाई जोत्न दिने त्यो ठिक लागेन र आफैले जोत्न
सुरु गरे , यसवाट घर परिवार राम्रै चलेको छ ।’ जोत्न हिडेको आम्दानीले घर
खर्च चलेको र राँगाको आम्दानीबाट वार्षिक ९० हजार जति वचाउने गरेको उनि
बताउँ छन् । उनका ३ जना दाजुभाईहरु पनि राँगा पाल्ने र जोत्ने पेशाबाटै
विदेश उडेका हुन् ।‘ दाजुभाईहरु धेरै पैसा कमाउने लोभले विदेश हिडे तर
अहिले सुन्छु त्यहाँको घाम खाएर एकडेढ लाख कमाउनु भन्दा यहि पेशा नै ठिक
रैछ उनिहरुले भनेको ।’
‘ मेरी आवै, एक ताकाता त गरी खानु गराएका थिए र हाम्रा केहि बाहुनहरुले ?
वासुले भने –‘म र हाम्रा दाजुभाईहरुले हलो जोत्न के थालेका थियौं हाम्रो
घरको भात वार्ने सम्मको चुनौति दिए । ’ बाहुनको छोरो भएर हलो जोत्ने ? अझ
कामी दमाईकहाँ ? भन्दै साह्रै हिंसा गरे तर अहिले उनैहरु हाम्रो शरणमा
परेका छन ’– उनले भने ।
‘ दलितको घरमा हली बन्न त जान्छु तर अर्नी ( खाजा ) भने घरैबाट मगाउँछु
’उनले भने –‘दलितले बनाएको अर्नी भने अझै खान सकेको छैन , बुढापाकाहरुको
डरले । ’ उनि जस्ता युवाहरुमा आएको परिवर्तनका कारण छुवाछुत, एक अर्को
समुदाय विच मनमुटुवा छैन यस गाउँमा ’ स्थानिय दलित अगुवा गोमबहादुर सुनारले
भने–‘ हिजो व्राम्हण, समुदायका वाल वालिकाहरुले समेत हामी पाका
मान्छेहरुलाई तँ, तिमी शब्दमा हेपेर बोल्थे अहिले नाता लगाएर हजुर, तपाई
भनेर बोल्ने गर्छन् र खेतीपातीको काममा पनि सघाउने गर्दछन् । ’
उनका अनसुसार त्यस वडाका देविराम रिजाल, उनका भाई कृष्ण र हरिले पनि
दलित समुदायकहाँ हुर्के बढेदेखि नै जोतवाह गरे । उनिहरुकहाँ दलित परिवारमा
भन्दा चरम गरिवी छ । दलित र उनिहरुको तलमाथी घर छ, पानीको धारा एउटै छ ,
उनिहरु विच कुनै किशिमको मनमुटुवा छैन् । उनिहरु लगायत त्यस गाउँका
अधिकांस गरिव व्राम्हण, क्षेत्रीहरु गाउँको हरेक समस्या दलितहरुसंग
हातेमालो गरेर समधान गर्ने गर्दछन् ।
छिमेकी मुसिकोट २ जलजलेका थापा परिवार कृषि , पशुपालनमा सदियौंदेखि निकै
पौरखी हुन् । उनिहरुले पनि एक अर्को समुदाय विच जोतवाहमा आदन प्रदान
गर्र्दै आएका छन् । त्यस गाउँका फुर्सा थापाले त गोमबहादुर सुनारको
खेतवारीमा धेरै वर्ष हलो थेगे । वडागाउँ ७ कै ठुलापोखराका कार्की र टोमटा
परिवार, चौरका मगर परिवार, पोखरेल परिवार , नेपाली परिवाार , भराहका
घिमिरे र रिजाल , खासु मगर , सेनीपिप्लेका बिश्वकर्मा, घर्ति, ठुलाचौरका
रिजाल, घिमिरे, पौडयाल, थुम्काका कुमाल, परियार र क्षेत्री व्राम्हण विचको
सामाजिक कार्य र खेती पाती लगाउँदाको सम्वन्वय अरु गाउँका लागि अनुशरणीय
बन्न सक्छ । खेत रोपाई सकेर कोदो रोप्नको माचोमा लागेका त्यस गाउँका सवै
समुदाय मिलेर हुँद्धा बानेका छन् , अर्मपर्म गरेका छन् ।
स्थानिय जनजागृति नि.मा.वि.का शिक्षक टेकहरी फुल्देल भन्छन्–‘ यस गाउँको
जातिय सत्भाव अरु गाउँको तुलनामा नमुना लाग्छ तर पनि यस गाउँमा
दलितहरुलाई चुलो भित्र पसाउन भने अझै सकिएको र्छैन, अन्य कुरामा भने जातिय
विभेद छैन, दलित समुदाय पछाडी परेकै हो भनेर उनिहरुलाई हरेक अवसरहरुमा
हामीले नै प्राथामिकता दिने गरेका छौ । ’ त्यसो गरिया्े भने जातिय
द्धन्द्ध नहुने उनको ठम्याई छ ।
बहुदल आई सकेपछि जातिय मुद्दा चर्को रुपमा उठाउने कतिपय राजनैतिक दलहरु
अहिले जातिय मुद्दा उठाउनु हुँदैन द्धन्द्ध चर्काउँ छ भनेको उनलाई कत्ति मन
परेको छैन । ‘जातिय मुद्दा उठाउनु पर्छ पछाडी परेका समुदायलाई माथी
उठाउनका लागि, तर राजनैतिक स्वार्थमा उक्साउनेहरुले नै द्धन्द्ध
निम्ताउँछन कि जस्तो त्रास बढेको छ ’उनले भने–‘ जातिय मुद्दा संगै कुन
दलित, कुन ग्रैह दलित भएर गरिव–मजदुरहरुको वर्गिय आन्दोलन चर्काउन जरुरी छ
।’
उनले वासुको उदाहरण दिदै थपे –‘ कतिपय व्राम्हणका छोराहरुले गाउँमा
वसेर दलितहरुकहाँ हलो जोतेका छन , त कतिपय दलितहरु शहरमा करोडौंको
विल्डीङ्ग वनाएर बसेका छन् र कतिपय पुँजीपति व्राम्हण, क्षेत्रीहरु पनि
शहरमा बसेर राजनिती गर्दै जागिर खाने र आ–आफ्ना दलको उक्साहटमा जातिय संगठन
बनाउने गरेका छन् तर गाउँका सवै जातिका मान्छेहरुलाई मतलवै छैन, उनिहरु
सधै खेतीपाती, पशुपालन मै ब्यस्त छन् । ’ आफुहरुले गाउँको खेतवारी कुनै
दलित वा जनजाती कुमाल र मगरहरुलाई गर्न दिएर उनिहरुको पौरख खाएर शहरमा
बस्ने अनि ति श्रमिक वर्गको मुद्धा उठाउँदा जातिय द्धन्द्ध चर्किन्छ भन्नु
शोषण दमनको नयाँ रुप भएको उनको बुझाई छ ।
कुनै समय थियो कालिकाटीका उनै टेकहरी र भराहका वासुको परिवार लगायतका
व्राम्हण समुदायको हलो थाम्ने गर्दथे वढाएँ दाई भन्ने बडागाउँ ८ का काले
बिश्वकर्मा, ७ का लाहुरे घर्ति लगायतका जन जाती र दलितहरुले । अहिले ठिक
उल्टो छ । ‘वुवाको पाला सम्म उनिहरुले जोत्ने गर्थे’ वासुले भने–‘ वुवाको
शेखापछि आफ्नो घरको हलो आफैले थेक्दै आएका छौं र अन्यत्र पनि जाने गरेका
छौं । ’
त्यसै गाउँका केहि धार्मिक अतिवादीहरु भने अझै अरुलाई हलो जोताउँने ,
मान्छे मान्छेमा छिछिः र दुरदुर गरेर घृणा गर्ने गरेको बताउँदै ताराचन
सुनार भन्छन–‘ त्यो पुरानो पिढी हो तर नयाँ पिढीमा आएको यो परिवर्तन जाती
जाति विचको द्धन्द्धले होईन्, वर्गिय एकता र सत्भावले आएको हो ।’ उनका
अनुसार जातिय समनता नचाहने र पछाडी परेको समुदायलाई माथी उठाउन हुँदैन
भन्ने मानसिकता बोकेका त्यस गाउँका कतिपय मानिसहरु कोही दलित एकता र कोही
व्राम्हण क्षेत्री एकता भन्दै सदरमुकाममा बेला बेलामा आन्दोलन गर्न जाने
गरेका छन् ।
‘त्यो परिवर्तनका विरुद्ध प्रतिक्रान्तिको छनक हो ’ शिक्षक टेकहरीले
भने–‘ यसरी नै सवै जात जातीले काम गर्ने, एकले अर्कोलाई विभेद र उपेक्षा
नगर्ने हो भने किन चाहियो जातै पिच्छेका संगठन ?, बरु वर्गिय एकता गरौं । ’
जिल्लाका अन्य गाविसहरुमा पनि अधिकांस व्राम्हणहरुले हलो जोत्न र सवै
समुदायको घरमा देहडीमा जान थालेको धेरै वर्ष भई सक्यो । पहाडी जिल्ला
गुल्मीमा एक दशक अघि सम्म वाहुनले हलो जोत्नु भनेको जिब्रो टोकाईएको विषय
बन्ने गदैलथ्यो ।
source:ebaglung
No comments:
Post a Comment