यात्रुसहित बसमा आगो लगाउने कार्यकर्ता रमन परियार पक्राउ


बनेपा — यात्रु सहितको बसमा आगो लगाउने माओवादी कार्यकर्तालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। बस आगजनीमा संलग्न रहेको शंकामा काभ्रे, होक्से–३ का २४ वर्षिय रमन परियारलाई प्रहरीले पक्राउ गरेको हो।उनी नेकपा–माओवादीको युवा संगठन राष्ट्रिय जनस्वयंसेवक नेपालमा आवद्ध छन्। 'परियारलाई प्रत्यक्षदर्शीहरुले सनाखत गरिसकेका हुँदा उनलाई आगजनीमा मुद्दा चलाएका छौं', एसपी अरुणकुमार बिसीले भने, 'घटनामा संलग्न परियारसहित चार जना र सहयोगी तीन जना रहेको खुल्न आएको छ। घटनका दोषी चाँडै पक्राउ गर्छौं', उनले दाबी गरे।
नेकपा–माओवादीको नेतृत्वमा आइतबार आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दको दिन मेलम्ची जाँदै गरेको बा२ख ५६७२ नम्बरको यात्रु बाहक मिनिबसमा यात्रुहरु रहेकै अवस्थामा धुलिखेलमा रोकेर आगो लगाइएको थियो।

बन्दको अगुवाई गर्दै रहेका नेकपा–माओवादीका केन्द्रीय सदस्य चुडामणि गौतम, ताम्सालिङ राज्य समिति सदस्यहरु गोपाल घिमिरे र गिता रसाइली, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सागर मिजार, राष्ट्रिय युवा जनस्वयम्सेवक नेपालका जिल्ला इञ्चार्ज खड्गबहादुर श्रेष्ठलगायत १६ जनालाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएर साँझ रिहा गरेका थियो । - Source:-nagariknews

No comments:

Post a Comment