दलित समुदायको अबको लडाई अधिकारमुखी पद्धतिबाट हुनु पर्छ

दलित समुदायको अबको लडाई अधिकारमुखी पद्धतिबाट हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सदरमुकाम गाईघाटमा विहिबार दलित अधिकार संजाल निर्माणका लागी भएको समन्वयात्मक अन्र्तक्रिमया कार्यक्रममा सहभागीहरुले यसमा जोड दिएका हुन ।
कानुनमा उल्लेख गरीएका कुराहरु पनि दलित समुदायले व्यवहारमा भोग्न नपाएका कारण प्राप्त अधिकार कार्यान्वयनमा दलित अधिकारकर्मीहरुको साझा संजालले आवाज उठाउनु पर्ने सहभागीहरुले बताएका छन् । संजालमा आबद्ध पदाधिकारीहरुले व्यत्तिगत आस्थालाई त्यागेर, सम्पुर्ण दलित अधिकारको लागी एकजुट भएर नलागे फेरी पनि संजाल निर्माणले सार्थकत्ता नपाउने सहभागीहरुले सुझाव दिएका छन् । अन्र्तक्रिया कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले दलित समुदायले शिक्षामा पहिलो प्राथामिकता दिएर अगाडी बढ्नुपर्ने बताएका छन् । जब मान्छे शिक्षित हुन्छ, तबमात्र हरेक कुरामा अगाडी बढ्न सक्ने भएपछि दलित समुदायलाई कसैले पनि हेप्न नसक्ने श्रेष्ठले बताए ।
यसैगरी अन्र्तक्रिया कार्यक्रममा प्रशासकिय अधिकृतको रुपमा नियुत्त भएर उदयपुर आएका उदयपुरको पन्चावपति गाविसका बिकास शुन्दासलाई अभिनन्दन समेत गरीएको छ । शुन्दास दलित समुदायको लागी उदारणीय बनेको भन्दै अन्य दलित समुदायको लागी पनि सिकाई भएको अन्र्तक्रियामा बोल्ने बत्ताहरुले बताएका छन् । यस्तै आफ्नो सेवा अवधिभर सेवाग्राही नागरीकको मन जित्न शुन्दासलाई सबैले शुभकामना दिएका थिए । यसैगरी प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई पनि कार्यक्रममा स्वागत गरिएको छ ।
अन्र्तक्रिया कार्यक्रममा बोल्ने बत्ताहरुले दलित अधिकार प्राप्तीका लागी निमार्ण हुने दलित अधिकार संजालले उदयपुरमा नमुनाको रुपमा काम गर्नका लागी शुभकामना समेत दिएका थिए । अन्र्तक्रिया कार्यक्रम दलित वर्ग उत्थान जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा सम्पन्न भएको थियो । - साभार : मेरो उदयपुर

No comments:

Post a Comment