पाँच महिनाका छोरालाई २० हजार रुपैयाँमा बेचे

भदौ २१-सप्तरीमा एक बाबुले आफ्नै छोरालाई बेचेका छन् । सप्तरीको नकटी रायपुर गाविस९४ हरिरावाका एक युवकले बुबाको हिजो आफ्नो पाँच महिनाका छोरालाई २० हजार रुपैयाँमा बेचेका हुन् ।प्रहरीले जनाएअनुसार स्थानीयवासीको सूचनाका आधारमा नाबालक शिशुसहित उनलाई किन्ने राजविराज९९ का ३८ वर्षका जाकिर अन्सारी र निजकी पत्नी ३० वर्षका कोरेसा खातुनलाई पनि गएराति  घरबाट गिरफ्तार गरिएको छ ।
 
अन्सारी दम्पतीको बयानका आधारमा शिशु किनबेचमा सहयोग गर्ने नकटी रायपुर९४ हरिरावाका ३० वर्षका लालमोहम्मद राइनलाई प्रहरीले गएराति ११ बजे गिरफ्तार गरेको प्रहरीनायब निरीक्षक विश्वनाथ यादवले बताउनुभयो ।यादवले राइनले छिमेकी सरदारले छोरा बेच्न खोजेपछि निःसन्तान रहेका अन्सारी दम्पतीकहाँ शिशु पुर्‍याइदिएको
प्रहरीसमक्ष बयान दिएका छन् ।हाल अन्सारी दम्पती र राइन शिशुसहित जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । शिशुले आमाको दूध खान नपाएपछि उनको स्वास्थ्य स्थिति बिग्रिँदै गएको छ । आफ्नै सन्तान बेच्ने सरदारविरुद्ध प्रहरीले मानव बेचबिखनको मुद्दा चलाउने जनाएको छ ।

No comments:

Post a Comment