दलित बस्तीमा भोट माग्न मदिरा र भोजभतेर

काठमाडौं,कात्तिक ५ – लहानमा चुनाव प्रचारप्रसारका लागि जुटेका दलहरु दलित समुदायको मत आफ्नो पक्षमा पार्न जोडतोडकासाथ लागिपरेका छन् । कति दलले मदिराको प्रयोग र चुनावको एक–दुई दिनअघि दलित बस्तीमा रकम बाँडेर जितेको विगतको अनुभवलाई यसपटक पनि प्रयोग गर्ने दाउमा कतिपय दल छन् भने कति दलले दलितको एजेण्डा बुझाएर आफ्नोतर्फ आकर्षित गर्ने सुरमा रहेका छन् । आजको गोरखापत्र दैनिक खबरको अगाडि लेख्छ –गएको संविधानसभामा दलित समुदायका मतले मधेसबादी दलले जिताउन निर्णायक रहेकाले यसपटक पनि निर्वाचन परिणाम आफ्नो हातमा पार्न दलहरुले आफ्नो कसरतलाई जारी राखेका छन् ।
एमाओवादी सिरहाका संयोजक अजय नायकका अनुसार दलित समुदायको मत एमाओवादीको पक्षमा देखिएकाले सिरहाको ६ वटै निर्वाचन क्षेत्रमा एमाओवादीले हात पार्ने दाबी गर्नुभयो । उहाँका अनुसार गएको संविधानसभा निर्वाचनमा दलित समुदायको मतले माओवादीले जितेको बताउँदै यसपटक अन्य क्षेत्रमा दलित मतको आकर्षण बढेको बताउनुभयो । त्यही मतलाई हत्यानका लागि अन्य दलहरुले दलित बस्तीमा मदिरा र भोजभतेर गरेको उनले बताए । - साभार :- रातोपाटी

No comments:

Post a Comment