दलित जनजातिका उम्मेदवार एमाले प्रवेश

pic credit Dnf
तनहुँ, कार्तिक २४ - तनहुँ क्षेत्र नम्बर २ मा दलित जनजाति पार्टीको तर्फबाट प्रत्यक्ष तर्फकी उम्मेदवार मनमाया विक एमालेमा प्रवेश गरेकी छन् । एमालेले शनिबार दमौलीमा गरेको चुनावीसभामा उनी उम्मेदवारी त्यागेर एमाले प्रवेश गरेकी हुन् ।विकलाई एमाले जिल्ला अध्यक्ष केदार सिग्देल र एमाले समानुपातिक उम्मेदवार कलिला खानले फूलमाला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।
 विकले एमालेको सिद्वान्त र विचार मन परेकाले एमालेमा प्रवेश गरेको बताइन् । उनले एमालेको नीतिलाई आत्मासाथ गर्दै अघि बढ्ने प्रतिबद्वता व्यक्त गरेकी थिइन् । 'एमालेको सिद्वान्तलाई मन पराएर नै अघि बढ्ने वाचा गरेर प्रवेश गरेकी हुँ,' उनले भनिन्, 'अरूलाई पनि एमालेकै विचारलाई आत्मसाथ गर्न आग्रह गर्छु ।' 
 एमाले जिल्ला अध्यक्ष सिग्देलले दलित, सर्वहारा र सम्पन्न सबै वर्गलाई मिलाएर लैजाने पार्टी एमाले भएकाले प्रवेशको लहर चलेको बताए । उम्मेदवार नै एमालेमा प्रवेश गर्नुले एमालेलाई नयाँ ऊर्जा मिल्ने उनले बताए ।
-साभार:- कान्तिपुर

No comments:

Post a Comment