जंगबहादुर गन्धर्वलाई ‘सारङ्गीसम्राट’ घोषणा गर्न पहल गरिने

काठमाडौ , १५ मंसिर-एमाले उपाध्यक्ष बामदेव गौतमले सारङ्गीवाधक स्वर्गीय जंगबहादुर गन्धर्व कोषलाई २५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले गन्धर्वको साधनलाई सम्मान गर्दै सारङ्गी सम्राट घोषणा गर्न सरकारसँग आग्रह गर्ने आश्वासन दिए । नेपालको सारङ्गी साधनामा उनको ठूलो योगदान भएको नेता गौतमले बताए । मंसिर ११ गते काठमाडौंमा निधन भएका गन्धर्वको शनिबार दलित कलाकार नेपालले काठमाडौंमा गरेको श्रद्धाञ्जली कार्यक्रममा नेता गौतमले सो बताएका हुन् । गीतमा सारङ्गी रेटेका गन्धर्व युगयुगसम्म जीवन्त रहने बताए । राष्ट्रिय दलित आयोगका सदस्य सन्तोष नेपालीले सरकारले गन्धर्वको साधनालाई उचित सम्मान गर्नुपर्ने माग गरे । 

उनको निधनमा सरकारले शोक वक्तव्यसमेत ननिकालेको भन्दै नेपालीले खेद व्यक्त गरे । चलचित्र विकास वोर्डका पूर्वअध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले इतिहासलाई जीवित राख्न स्वर्गीय गन्धर्वलाई सरकारले उचित सम्मान
गर्नुपर्ने धारणा राखे । उनले लोकसंगीतलाई बचाउन गन्धर्वको अमूल्य योगदान रहेको चर्चा गरे । नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौमतले गन्धर्वलाई राज्यले उचित सम्मान नगरेको गुनासो गरे । लोकसंगीतका विश्लेषकहरुले नेपाली लोकसंगीतमा गन्धर्वको योगदानलाई जति चर्चा गरे पनि अपूग हुने बताए । 

स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सारङ्गीलाई उच्च स्थानमा पु¥याउने गन्धर्वको निधनले लोकसंगीतमा ठूलो क्षति पुगेको भन्छन, संगीतकार संन्तोष श्रेष्ठ । लोक तथा दोहोरी प्रतिष्ठानका महासचिव रमेश बीजीले गन्धर्वको निधनले सारङ्गीको खम्बा ढलेको चर्चा गरे ।
उनले हज्जारौं लोक तथा आधुनिक गीतमा सारङ्गीको धुन दिएका छन् । जागरण मिडिया सेन्टरका महासचिव दीपक परियारले गन्र्धवप्रति सरकारले ठूलो विभेद गरेको बताए । उनले भने ‘एउटा शोक वक्तव्यसमेत निकालेन, यो दुखत कुरा हो ।’

कलाकार कमल गाउँलले अप्ठेरो परिस्थितिमा पनि सारङ्गी रेट्दै हिड्ने गन्धर्वको लोकसंगीतमा सधै अभाव खड्कीने बताए । सोही कार्यक्रममा नेपाल सांस्कृतिक कलाकार संघले ५ हजार रुपैयाँ सहयोग गरेको छ । गन्धर्वले गायको ‘पारी ठहरै मलाई च्यान्टी मोरी’ भन्ने चर्चित गीत हो । दाङको घोराहीमा २००६ सालमा जन्मिएका गन्धर्वलाई २०६८ सालमा रापती समाज काठमाडौंले सारङ्गीसम्राट घोषणा गरी सम्मान गरिसकेको छ ।

No comments:

Post a Comment