गाग्री छोएको निहुँमा दलित महिलामाथि कुटपिट

पोखरा, मंसिर ११ – सार्वजनिक धारामा गाग्री छोएको निहुँमा दुर्व्यवहार गरेको आरोपमा कास्कीको लेखनाथमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

लेखनाथ नगरपालिका वडा नम्बर २ रिठ्ठेपानीकी सविता विश्वकर्मालाई कुटपिट र दुव्र्यवहार गर्ने स्थानीय रमा कुमाललाई प्रहरीले पक्रेको हो ।

सोमबार विहान सार्वजनिक धारामा पानी भर्ने क्रममा आफ्नो भाँडा छोएको भन्दै कुमालले विकमाथि कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते विकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ । कुटपिटबाट बिकको निधारमा चोट लागेको छ ।

कुटपिट र दुव्र्यवहारपछि, पीडितका आफन्तले प्रहरीमा गरेको उजुरीका आधारमा कुमाललाई पक्राउ गरिएको प्रहरी निरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
महिला हिंसा विरुद्धको अभियान सुरु भएकै दिन महिला माथि महिलाले गरेको दुव्र्यवहारप्रति महिला तथा दलित अधिकारकर्मीहरुले दुःख प्रकट गरेका छन् ।साभार :-ujyaaloonline

No comments:

Post a Comment