वरिष्ठ सारंगी वादक जंगबहादुर गन्धर्व सिकिस्त बिरामी

काठमाडौं, मंसिर ३ – वरिष्ठ सारंगी वादक जंगबहादुर गन्धर्व सिकिस्त बिरामी हुनुभएको छ । निमोनियाबाट ग्रस्त गन्धर्वको ललितपुर सानेपामा रहेको स्टार अस्पतालमा उपचार भैरहेको छ ।उहाँलाई आइसियूमा राखिएको छ । गन्धर्वको उपचारका लागि राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान केन्द्रीय समितिले १५ हजार र उपत्यका समन्वय समितिले १० हजार रुपैयाँ सहयोग गरेको प्रतिष्ठानका महासचिव रमेश बिजीले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल संगीत उत्पादक समाजले १० हजार रुपैयाँ सहयोग गरेको उपाध्यक्ष कस्तुप पन्तले जानकारी दिनुभयो । गन्धर्वको उपचारमा आर्थिक अभाव हुन नदिने र आवश्यक परे प्रतिष्ठानका ६१ वटा शाखाबाट आर्थिक संकलन गर्ने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताउनुभयो ।दाङका बासिन्दा गन्धर्वले १ लाख भन्दा धेरै गीतमा सारङ्गी बजाउनुभएको छ । गन्धर्व नेपालका एक मात्र व्यवसायिक सारंगी वादक हुनुहुन्छ ।

No comments:

Post a Comment