दलित बस्ती अझै पनि अध्याँरोमै बस्न बाध्य

सिरहाको जमदह गाविसको उदयपुरसँग जोडिएको चुरेसम्म विजुली पुगेको भएपनि पूर्व–पश्चिम राजमार्गसँग जोडिएको वडा नम्बर १ मा रहेको दलित वस्तीमा भने अझै पनि अझै विद्युत पुग्न सकेको छैन ।
दलित वस्तीमा पर्ने ४५ घरमा भने बिजुलीको लाइन विस्तार हुन सकेको छैन । विद्युत विस्तार नहुँदा दलित बस्ती अझै पनि अध्याँरोमै बस्न बाध्य छन् ।
गाउँ विकास समिति, नेपाल विद्युत प्राधिकरण र विभिन्न संघ संस्थाको सहयोगमा जमदहको विकट वस्तीहरुमा १७ वर्ष पहिले विजुली पुगेपनि राजमार्गमै रहेको दलित वस्तीमा भने पनि बत्ति पुगेको छैन ।‘हाम्रो बोल्ने मान्छे कोही नभएकाले गाउँमा हाम्रो गाउँमा विजुली आएन,’ स्थानीय घुरन सदाय भन्नुहुन्छ, ‘हाम्रोमा ठुलाबढा कोही छैन, हामीले भन्या कस्ले सुन्छ र ?’ उहाँले विद्युतका लागि पटक पटक स्थानीय नेता र गाविसमा गुहार मागेपनि कसैले पनि वास्ता नगरेको बताउनुभयो ।

गाउँका अन्य ठाँउमा २०५४ सालमा बत्ति पुगेपनि दलित बस्ती भने अझै बत्ति पुगेको छैन । मुसहरलाई बत्ति दिँदा करेन्ट लगाएर माछा मार्ने आरोप लगाउँदै बत्ति नदिएको उहाँले आरोप लगाउनुभयो ।बिजुली नहुँदा बालबालिकालाई पढ लेख गर्न समेत समस्या भएको उहाँले बताउनुभयो । बत्ति नहुँदा त्यस क्षेत्रका बालबालिकाले राम्ररी पढ्न समेत पाएका छैनन् ।

साभार : -आशिष विश्वकर्मा /उज्यालो


No comments:

Post a Comment