एनजिओ चलाउने नेपाली महिलाहरुको कुप्रथा बिरुद्ध बखान:
एनजिओ चलाउने नेपाली महिलाहरु आफुलाई हिन्दू धर्मले अथवा पुरुषहरुले अनेक कुप्रथामा जकडेर शोषण्, अन्या अत्याचार गरेको बारे बिभिन्न कार्यक्रममा बखान गर्न पछी पर्दैनन । जस्तो दाईजो प्रथा, बौछडी प्रथाले ज्यान गएको; स्वस्थानी ब्रत कथाले छोरिलाई प्रसाद खान समेत बन्चित गरेको । तर ७ बर्षकी राम्ररी शारिरिक बिकास नभएकी बालिका गोमा ब्राह्मणीको ७० बर्षको बुढो ब्राह्मणसंग विवाह भएको कथा आनन्द संग पढछ्न। आजको २१ सौ शताब्दिमा यस्ता अनमेल विवाहलाई पवित्र ठानी ब्रत बस्छ्न्। यसैले गर्दा आज पनि नेपालमा बाल विवाह अनत्य हुन सकेको छैन । सामन्त बाद्ले गांजेका महिला नै जातिय बिभेद गर्न पछि पर्दैनन। उनिहरुले जातिय बिभेद अनत्य गर्न आवाज उठाएको पाइदैन्। ५१ प्रतिसत भन्दा बढी नेपाली महिला जनसंख्या भएको नेपालमा जबसम्म उनिहरुले जातपातलाई अन्त्य गर्न सक्दैनन तब सम्म उनिहरुले आफ्नो इच्छा बमोजिम केटो रोजी बिबाह गर्न सक्दैनन्। उनिहरुले अरुले थोपरी दिएको केटोसंग जीवन् बिताउन वाध्य हुनु पर्द्छ्। दाईजो र बौछडी चल्ने समाजमा अल्झी रह्नु पर्द्छ्।
एनजिओ दुइ-चार जना टाठा-बाठा महिलाको तलब खाने सजिलो भाडो बनेको छ । बर्ष भरिको तलब खाएर दुइ-चार वटा बकम्फुसे गोष्ठी र सेमिनार गरी हावादारी समाचार छापी आफ्नो संस्थाले निकै ठुलो माखो मारेको प्रचार गर्न ति महिला पछी पर्दैनन । अनि ति संस्थासंग स्वार्थ गांसिएका संचारकर्मीले आफ्नो बिश्वासनियतामा प्रश्न चिन्ह लागेपनि हावादारी समाचार संप्रेशण गरिदिन्छ्न । एक बर्षमा ३६५ दिन हुन्छ । ३६५ दिनमा अरु संस्थाले बकम्फुसे प्रचारबाजी भन्दा धेरै ठुला काम गर्द्छन र परिणाम देखाउछन । एनजिओ चलाउने महिलाहरुले पनि शस्कत रुपमा कार्यक्रम् गरी परिणाम देखाउन सक्नु पर्द्छ ।
जातीय विभेद उल्मूलन महासन्धिमा अनुमोदन र सरकारको अकर्मण्यता :
सन १९६० मा दक्षिण अफ्फ्रीकाको सार्पभिलमा त्यहाँको जातिय भेद्भावपुर्ण कानुन, पास्बूक ल बिरुद्ध सडकमा शान्तिपुर्ण तरिकाले बिरोध गरेका काला जातिका आन्दोलनकारी माथी गोरा सरकारले अन्धाधुन्द गोली प्रहार गरी एकै पटक ६९जना मारी दिएको र १८६ जनालाई घाईते बनाइदिएका थिए । यसै दुखद्पुर्ण घटना पस्चात संयुक्त राष्टसंघले २१ मार्च डिसेम्बर १९६५ मा पारित सबै प्रकारका जातीय विभेद उल्मूलन गर्ने महासन्धि पारित गर्यो । सार्पभिलको घट्नालाई याद दिलाउन मार्च २१ तारिखलाई संयुक्त राष्ट्र संघले संसार भरी जातिय भेद्भाव उन्मुलन दिवस मनाउने दिनको रुपमा घोषणा गरेको हो ।
नेपालले पनि महासन्धिलाई १९७१ जुन ३० मा अनुमोदन गर्यो । २०६२-६३ को दोस्रो जनादोलनबाट पुनर्स्थापित नेपालको संसद्ले जुन ४, २००६ मा नेपाललाई अस्पृष्यता(छुवाछुत) मुक्त राष्ट्रको रुपमा घोषणा गर्यो । ततपस्चात ब्यवस्थापिकाले जेठ १०, २०६८ मा जातिय भेद्भाव तथा छुवाछुत (कसुर र सजाय)ऐन्,२०६८ पारित गरे र राष्ट्र्पतिले जेठ १८, २०६८ मा त्यसलाई अनुमोदन गरी दिए । यस ऐन बमोजिमको मुद्दा सरकार बादी मुद्दा हुनेछ । यो ऐन नेपाल भरी लागु हुनेछ । साथै नेपाल बाहिर बसी नेपाली नागरिक बिरुद्ध यस ऐन बमोजिमको कसुर गर्ने नेपालीलाई समेत लागु हुनेछ । यसको अर्थ हो जातिय भेद्भावको कसुर गरे बिदेसमा बस्ने नेपालीलाई मुद्दा दायर गरी नेपाली अदालतको कठघरामा तान्न सकिन्छ ।
तर नेपालले महासन्धिमा देखाएको प्रतिबद्दता अनुसार बिगतका सरकारहरु कसैले पनि इमान्दारितापुर्बक ब्यबहारमा लागु गरेनन् | सरकारको अकर्मण्यता र उदासिन्ताको कारण देशको कानुन किताबको पानामा सिमित हुन पुगेको छ । यसको ज्वलन्त उदाहरण हो नोवेम्बर २०११ मा कालिकोट जिल्लाका एक दलित मनबिर सुनारको जातिय कारणले हत्या हुँदा ६०१ जना सांसद संसदमा भत्ता खाएर बसिरहेका थिए । नेपाललाई संसद्ले जातिय भेदभाव मुक्त देश भनि घोषणा गरी सकेको थियो । जातिय भेद्भाव मुक्त कानुन २०६८ आइसकेको थियो । तर यस्ता कानुन बनाउनेहरुलाई झापड दिने घट्ना घट्दा ति प्रजातन्त्रबादि,सम्यबादी र अरु केके बादी भन्नेहरुले चुक्क बोलेन्न। उनिहरुलाई कमिलाले टोकेको जती पनि आभास भएन । यस घट्नाको बिरोध गर्दै दलित सांसदहरुले बारंबार हाउस चलन नदिए पछी प्रधान मन्त्री बाबुराम भट्टराइ बाध्य भएर पिडितका परिवारलाई दसलाख दिने घोषणा गरे । तर अरु राजनैतिक पार्टिहरु भने मुकदर्सक बनी घुम्टो ओडेर बसिरहे । यसले गर्दा यिनिहरुबाट के देशमा केहि सुधार वा परिवर्तन आउला त भन्ने प्रस्न खडा भएको छ। यद्यपी भु. पु. प्रधानमन्त्री माधव कुमार नेपाल प्रजातन्त्रलाई दिगो पार्न नेपालबाट जातिय भेद्भाव पुर्णरुपमा उन्मुलन गर्नु पर्ने र त्यसका लागी कानुन प्रभावकारी रुपमा परिचालन गर्नु पर्ने कुरामा जोड दिद्छ्न र उनले दन्ड सजाय ऐन २०६८ ल्याउनमा सकृय भूमिका खेलेका थिए। तर , उनले आफ्ना पार्टी कार्यकर्तालाई भने त्यस दिशामा परिचालन गर्न सकेका छैनन ।
भारतिय उपमाहदिपमा हजारौ बर्ष देखी जातिय भेद्भाव चलिआइरहेको छ । यो बिकृतिको अनत्यका लागी २५ सय बर्ष अगाडी भगवान बुद्धले जातिय भेद्भाव र अस्पृष्यताको बिरुद्ध लडेका थिए । हेर्नोस डा. कृष्ण भट्ट्चनले अन्तरराष्ट्रीय दलित सोलिड्यारिटी नेट्वोर्क, कोपेन्हेगनमा प्रस्तुत गर्नु भ्एको अनुसन्धान प्रतिबेदन । त्यसैले गर्दा भारतमा ठुलो संख्यामा बुद्धको शरणमा गई दलितहरु बौद्ध मार्गी बनेका छन । प्रेममा नै मानव बिकास , उन्नति, प्रगती सम्भव हुनछ् । बुद्धले सिकाएको मानवले मानव प्रती गर्नुपर्ने प्रेमको ज्ञानले नै संसारका बिभिन्न देशले प्रगती गरेका छ्न । बुद्धको ज्ञान निकै मानव कल्याणकारी थियो । यसैले गर्दा यो संसारको बिभिन्न मुलुकमा तिब्र गतिमा फैलियो । यसले गर्दा हिन्दू धर्म ओझेलमा पर्ने देखी श्ंकराचार्यले बुद्धको प्रभावलाई रोकन कुटिलतका साथ बुद्धलाई बिष्णु भगवानको दशौ अवतार भनि दिए । यसले गर्दा बुद्धधर्म बिसतारै हिन्दूकरण हुन थाल्यो । अनि बुद्धको ज्ञान बिपरित नेपालमा जातपात मान्ने पाखन्डी बुद्धमार्गी देखिन थाले । जबकी चिन्, जापान्, कोरिया, मंगोलिया वा अन्य संसारको बुद्धमार्गीहरुले जातपात मानेको थाहा छैन । तर नेपालमा भने जातिय भेद्भाव कायम छ र बुद्ध जन्मेको नेपालमा बौद्ध मार्गी अल्पसंख्यामा छ्न । नेपालको बिद्यमान सामाजिक बिकृती हटाउन बुद्धको ज्ञान कती महत्वपुर्ण छ भन्ने कुरा भनिरह्नु पर्दैन । तर बुद्धको ज्ञानलाई समाज बिकासमा प्रयोग गर्न नसक्नुले त्यो ज्ञान जंगलमा उम्रेको अमुल्य जडिबुटी साधारण घांस झै ओइलिएर गएको छ ।
नया नेपालमा दलितहरु अपमानित भैरहेका छ्न । बुद्धका चेलाहरुले मानव्-मानव बिच प्रेमको गहिरो समबन्ध बृधी गराउन आज सम्म प्रयास गरेको कतै देखिदैन । यसले गर्दा नेपालमा जती नै धेरै गुम्ब। भएपनि; जती नै धेरै लोछार मनाए पनि; जती नै धेरै बौद्धमार्गी भए पनि; जति नै धेरै नाच्-गान गरेको समाचार छापिए पनि र अन्तरराष्ट्रीय बौद्ध केन्द्र लुम्बिनिमा स्थापना गरे पनि; बुद्धको लक्षय अनुरुप जातिय भेद्भाव हटाइ नया नेपाली समाज निर्माणमा त्यसको उपादेयता हाल सम्म शुन्य रहिआएको छ ।
No comments:
Post a Comment