सञ्चार मन्त्रीद्धारा दलित महिलाका मुद्दालाई प्राथमिकता दिन आग्रह - राजेन्द्र ताम्राकार

काठमाडौं १२ मङ्सिर । सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले दलित महिलाका  मुद्दालाई प्राथमिकताकासाथ उठान गर्न निजी तथा सरकारी सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । मन्त्री पौडलले सञ्चारलाई समावेशी बनाउन सके त्यसले प्रहरी, प्रशासन  लगायतका राज्यका हरेक निकायमा प्रत्यक्ष प्रभाव पार्नसक्ने कुरा बताउनुभएको छ । 
दलित महिला संघद्वारा संघको सभाहल कुपण्डोल ललितपुरमा आयोजित ‘सञ्चारमा दलित महिलाका मुद्दाहरु’ विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताउनुभएको हो । मन्त्री पौडेलले आफू कानुत सचिव भएका बेलामा जातीय छुवाछूत र सजाय कसुर ऐन
२०६८ संसद्बाट पारित भएको भन्दै उक्त ऐन पारित हुनुमा आफूले विशेष भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । उहाँले सञ्चारमाध्यमलाई समावेशी बनाउने उद्देश्यले नेपाल सरकारमार्फत आयोग गठन भइसकेकाले आगामी दिनमा सञ्चार क्षेत्रमा दलित महिलाको न्यायोचित प्रतिनिधित्व हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दलित महिलाका मुद्दालाई राष्ट्रियस्तरमा सम्बोधन गराउनका लागि आमसञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीलाई विशेष आग्रह गर्नुभयो । दुइदिनसम्म चल्ने उक्त अभिमुखीकरण कार्यक्रममा दलित महिला

संघका अध्यक्ष दुर्गा सोबले आमसञ्चार दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले आमसञ्चार आवाजविहीनहरुको आवाज भएकाले राज्यको सबैजसो संरचनामा पछाडि पारिएका दलित महिलाका मुद्दालाई सम्बोधन गराउनका लागि सञ्चार क्षेत्रले विशेष सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि संघ र सञ्चारमाध्यमले एकअर्कालाई आवश्यक सहयोग गर्नुपर्ने खाँचो औंल्याउनुभयो । कार्यक्रममा अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक गुणराज लुईटेलले पत्रकारिता अन्य सञ्चारभन्दा फरक प्रकृतिको भएकाले यसमा आवद्ध पत्रकारहरुले समाज, संस्कृति र इतिहासबारे वृहत अध्ययन गर्नुपर्ने र त्यसै अनुसार ति समुदायका मुद्धालाई मुलप्रवाहीकरण गर्नमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले अबका दिनमा सञ्चारलाई कसरी
समावेशी बनाउने भन्ने विषयमा सम्बन्धित पक्ष, सरोकारवाला निकाय, आमसञ्चारमाध्यम र दलित महिला संघजस्ता सामाजिक संघसंस्थाले विशेष पहल बताउनुभयो । राष्ट्रियस्तरका सञ्चारमाध्यमका झण्डै ३० जना पत्रकार सहभागी रहेको उक्त अभिमुखीकरणको सहजीकरण नेपाल पत्रकार महासंघका उपाध्यक्ष पत्रकार यशोदा तिम्सिनाले गर्नुभएको थियो । भोलि मङ्सिर १३ गतेको सत्रमा नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधान र कान्तिपुरका अखण्ड भण्डारीले आमसञ्चारमा दलित महिलाका मुद्दालाई कसरी सम्बोधन गराउन सकिन्छ भन्ने विषयमा आ–आफ्नो प्रस्तुती राख्ने कार्यक्रम तय भएको संघकी रेणु सिजापतिले बताउनुभयो ।

No comments:

Post a Comment