दलित वस्तीमा माधवकुमार नेपालको घरदैलो

नेकपा एमालेका वरिष्ठ नेता एवं काठमाडा क्षेत्र नम्वर २ का उम्मेदवार माधवकुमार नेपालले घरदैलो अभियानलाई तिव्रता दिनुभएको छ ।अघिल्लो संविधानसभा चुनावमा यही क्षेत्रमा पराजित भएका नेपाल यसपटक धेरै नै सकृय हुनुहुन्छ । उहाँ दिनहुँजसो कार्यकर्ताको साथमा आफ्नो क्षेत्रका बिभिन्न ठाउँ पुग्ने गर्नुहुन्छ । मतदाता घरदैलो अभियान अन्तर्गत सोमबार उहाँ मूलपानी–५ को दलित वस्ती पुग्नुभयो ।

मोटरसाइकलको पछाडि बसेर त्यहाँ पुगेका नेपाललाई दलित वस्तीका बासिन्दाले फूलमालाले स्वागत गरे । ‘अरुले धेरै गफ गरे होलान्, तर एमाले काम गरेरै देखाउने पार्टी हो’ दलित समुदायलाई स्वागत गर्दै नेपालले भन्नुभयो, ‘दलितका छोराछोरीलाई निःशुल्क शिक्षा तथा नर्सिङतर्फ निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने निर्णय मेरै(एमाले) नेतृत्वको सरकारले गरेको हो ।’

 उहाँले आफ्नै नेतृत्वको सरकारले सिरहा र सप्तरीमा ३ हजार दलित परिवारलाई आवासको व्यवस्था गरेको स्मरण गर्दै भन्नुभयो,‘दलितलाई अपमान गर्नेलाई दण्डित गरिनेछ, वास्तविक रुपमै दलित समूदायलाई साहारा दिने पार्टी एमाले नै हो ।’

No comments:

Post a Comment