दलित सभासद पासवानले फिर्ता गरेका थिए भत्ता

काठमाडौं, जेष्ठ १८ – दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले संविधान नबनेको दुई बर्ष अवधिको भत्ता बापतको रकम मंगलबार फिर्ता गरेका छन् । पासवानले एभरेष्ट बैंकमा भत्ता बापतको १ लाख २० हजार ७ सय रुपैयाँ फिर्ता गरेको जनाएका छन् ।सभासद पासवाले फिर्ता गरेको रकमको भौचर पनि मंगलबार नै संसद सचिवालयलाई बुझाएका छन् । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भौचर बुझाउने भने पनि नेम्वाङले आफूले भौचर बुझ्न नमिल्ने र सचिवालयमा सम्पर्क गर्न आग्रह गरेपछि सचिवालयमै गएर भौचर बुझाएको पासवानले जानकारी दिए । दलित जनजाति पार्टीका एकमात्र सभासद पासवानले ०६७ जेठ १४ अघिनै भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए ।
जनताको रगत पसिनाबाट आएको राजश्वमा रमाउने नियत ठिक नभएकाले भत्ता फिर्ता गरेको पासवानले बताए । ‘संविधान नबन्ने भएपछि हामीले भत्तालगायतका सेवा साधनमा रमाउनु राम्रो नियत होइन,’ भौचर
बुझाएपछि मंगलबार ईकान्तिपुरसँग उनले भने, ‘म अन्य दलका माननिय सभासदज्यूहरुलाई पनि भत्ता फिर्ता गर्न आव्हान गर्दछु ।’पासवानले संविधान बनाउन नसक्ने सभासदले भत्ता खाएको भनी जनताले लगाएको आक्रोस सत्य भएको बताए । ‘हो, जनताले हामी (सभासद)हरुले भत्ता खाएको भनेर लगाएको आरोप एकदमै सत्य हो,’ उनले भने, ‘केही ठूला दल र मझौला दलको कारण संविधान नबनेको भएकाले ती दलका सवै सभासदहरुले भत्ता फिर्ता गर्नुपर्दछ ।’
सभासद पासवानले ठूला दलका नेताहरुले संविधानसभामा अनुपस्थित रहेकाबेलाको समेत भत्ता लिएको भन्दै आक्रोस पोखे । ‘संसद र संसदीय समितिहरुमा लिइएको भत्ता समेत दलका नेताज्यूहरु र सभासदज्यूहरुले लिइरहनु भएको छ,’ उनले भने, ‘जनताको भावनाअनुसार उहाँहरुले पनि फिर्ता गर्नुपर्दछ ।भत्ता फिर्ता गर्ने घोषणा गरेकोमा केहि दलका नेता तथा सभासदहरुले सस्तो लोकप्रियताका लागि भत्ता फिर्ता लिएको भनी टिप्पणी गरेकोमा पासवाले आपत्ति जनाए । ‘चोर भनेको एक रुपैयाँ चोर्ने पनि हुन्छ, लाखौं चोर्ने भन्ने हुन्छ, यो नियत र प्रवृत्ति हो,’ उनले भने, ‘मैले सस्तो र महँगो लोकप्रियताका लागि होइन, देश, जनता, लोकतन्त्र र नेपाली माटोप्रति बफादार र इमान्दार भर फिर्ता गरेको हो ।’ठूला र मझौला दलका कारण पहिले पनि संविधान बनाउन नसकिएको आरोप लगाउँदै पासवाले यो अवस्था फेरि दोहोरिन सक्नेतर्फ चिन्ता जनाए ।
साभार:- कान्तिपुर

No comments:

Post a Comment