चुनाव अघि दलितलाई अधिकार, त्यसपछि बहिष्कार

प्रेम सुनार-गुल्मी, ११ मंसिर । दलित जनजाती र पिछडीएकावर्गको अधिकार सुनिश्चित गर्ने नयाँ संविधान बनाउन जनताले सभाषद चुनेर पठाएको एक साता नवित्दै गुल्मीको दरबारदेविस्थानका दलितले मन्दिरमा धुव ध्वजा चढाएबापत ज्यानमार्ने धम्की खेप्नु परेको गुनासो गरेका छन् । दरबार देविस्थान गाविस ९ राक्सेडाँडाको मालिका मन्दिरमा धुपधजा चढाएका दलितहरुले गैरदलितबाट ज्यानमार्ने धम्की आएको गुनासो गरेका हुन् ।
गतवर्ष सबै मिलेर गाउँमा बनाएको मालिका मन्दिरमा धुपधजा चढाउँदा स्थानिय समाजसेवीहरुले नै ज्यानमार्ने धम्की दिएको दलित समुदायका अगुवा गोकर्ण  नेपालीले बताए ।  ‘चुनाव अघि दलितका लागि हाम्रो पार्टिले समानता र अधिकार दिन्छ भन्दै घर घरमा आएर विभिन्नदलले  भोट मागे – उनले भने – ‘अँस्ती आईतवार मन्दिरमा धुप ध्वजा चढाए पछि ज्यानमार्ने धम्की दिए ।’
दरवार देविस्थान गाविसका अगुवा समाज सेवी अशोक थापा लगायतले चुनावको समयमा केही नभनेको र चुनाव सकिने वित्तीकै धम्की दिएको नेपालीको गुनासो छ ।  ‘रुखमा झुण्डाउने धम्की समेत आयो’ – नेपालीले भने –‘आज विहान दरवार देविस्थान गाविसकै ठुला समाज सेवी अशोक थापाले समेत जतिवेला पनि मार्न सक्ने धम्की दिए पछि सबै दलित डराएका छाँै ।’
थापाले आफुले गोकर्णलाई सम्झाउनका लागि विहना फोन गरेको बताउँदै अहिलेसम्म मिलेर पुजा गरेको मन्दिरमा दलितहरुले यतिवेला  हिँसा भड्काउन खोजेको तर्क गरे  । ‘के ति दलितहरुले मात्रै चाहेर हुन्छ ? वाहुन क्षेत्री सवैको सहमति चाहिदैन ?’ – थापाले भने – ‘ईच्छा नलागे वाहुनले पकाएको खिर खान्न भने पनि पाईन्छ जवरजस्ती गर्न पाईदैन ।’ उनले यस  समाचारदातालाई भने–‘‘गोकर्णेलाई सम्झाई देउ भाई, नत्र जे पनि हुन सक्छ । ’
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष डिल्लीराज आर्चायले परम्परा र धर्म सांस्कृति विर्गान नहुने बताए । ‘मैले मानेर भएन यहाँ ७०÷८० वर्षका बृद्धहरुले मान्दैनन्, एकैचोटी गर्न सकिदैन क्रमसंगै हुने कुरा हो । ’ – उनले भने– ‘गोकर्णसंगै छु म, हामी मिल्न पर्छ यो कुरा बाहिर ल्याउनु हुँदैन । ’दलित अगुवा गोकर्ण भने त्यहाँका पच्चीस घर धुरी दलितहरुलाई एक्लो पारेको भन्दै निशाफका लागि सञ्चार माध्यम संग गुहार गरे ।
अध्यक्ष आचर्यका अनुसार अँस्ती आईतवार नियमित बस्ने पुजारीको सट्टामा नयाँ पुजारी दधिराम आर्चायलाई राखिएको र दलितका धुप ध्वाजा उनले स्वीकार गरेपछि तनाव सुरु भएको हो । वडा नम्वर ९ सहित छिमेकी जिल्ला अर्घाखाँचीसम्मका वासीन्दाको समेत चन्दा संकलन गरेर करिव साढे चार लाखको लागतमा मन्दिर निमांर्ण भएको अध्यक्ष आर्चायले बताए ।सँधै जसो चुनाव अघि सम्म विभिन्न दलका विभिन्न नेताले सवै जात–जाती समान छौं, जाती पातीका कुरा उठाउँदा हिंसा भड्कीन्छ भन्ने गरेपनि चुनाव सकिए लगत्तै दलितहरुले सामाजिक हिंसा खेपीरहुन परेको दलितहरुको गुनासो छ ।
साभार :- गुल्मी टुडे 

No comments:

Post a Comment