दलितका लागि आफ्ना पार्टी भित्र अली पोजिटिभ काम गर्न शुरु गरौँ

कोही कँग्रेस, कोही एमाले, कोही माओवादी, कोही दरबारिया त कोही वामपन्थी वा प्रतिगामी भएका हामी दलितहरु कोही हिन्दु, कोही मुस्लिम कोही क्रिश्चियन त कोही बौद्ध छौ !यस्ता बिबिधता भएका हामी दलितहरु आम दलित  अस्तित्वको अस्तित्ववधिमा गौरवान्वित हुन पर्ने हो, राजनीतिक सशक्तिकरण हुदै वर्गीय स्वार्थमा केन्द्रित हुनु पर्ने हो  तर बिडम्बना अहिले धेरै जाने बुझेका दलित भनिन चाहने र नचाहनेहरु नया पुराना दलित अग्रजहरु राजनीतिक संकिर्णतातिर अग्रसर भैरहेका छन् ।
वहुमत दलितले देख्न चाहेको कुरा के हो भनेसबै राजनीतिक दलमा दलितको सहभागिता रहोस र पार्टी मार्फत नीति निर्माण तह सम्म पुगुन र दलित मैत्री नीति नियम बनुन , अनुगमन होश भन्ने हो।तर  खुलमखुला तैले आस्था राख्या पार्टीको नेता लौ हेर यस्तो उस्तो भनेर लेख्दै फोटो सामाजिक संजालमा लेखेर फैलाउन तलिनरत छन् !यो सस्कार खास गरि एमाले र ए.माओबादी पार्टीमा आस्था राखने दलितहरुमा बढी देखिएको छ ।
 सर्बहारा बर्गका यी दुवै पार्टीका नेताहरुले आफ्नो पार्टीमा दलित प्रति गरेको ब्यबहार प्रति आँखा चिम्म गर्नेहरुले आफ्नो पार्टी र आफुलाई कति योग्य छ भनेर यसरि गाली गलौच गरेर किन देखाउनु !राजनीतिक सोचका यी व्यक्तीहरु आफ्नो पार्टीका छन भने जस्तै भ्रष्टाचारी, नातावादी र दुराचारीलाई भए पनि चोख्याँउने र अन्य राजनीतिक विचार आत्मसाथ गर्ने छन् भने  तुच्छ गाली गर्छन। तर यस्ता राजनीतिक दलमा पकड बनाएको दलित व्यक्तित्वले गरेको हेपाहा विश्लेषणले व्यक्ति विशेषलाई मात्र होईन समूदाय विशेषलाई एक जुट हुन बाधा खडा गर्ने  जनाउने कुरा पनि हुन सक्छ ।
 एउटा दलित कुनै न कुनै ठाउमा प्राडतित हुन्छ त्यसलाई कानुनी उपचार र क्षतिपुर्ती दिलाउन सबै राजनीतिक आस्था राख्नेको भुमिका हुन्छ त्यो त सर्वविदितै छ। अझ भोलि वास्तविक दलित मुक्तिका लागि लडाई लड्नेहरु पनि यिनै सबै राजनीतिक आस्था राखने दलितहरु नै हुन्छन त्यसैले राजनीतिक दल भित्र पकड बनाएका दलित युवा , पौढ दलित भनिन चाहने नचाहने नेता ज्युहरुले मुखमा जे पायो त्यही बोल्नेबानी चाही अलिकति नियन्त्रण गरौं र सकिन्छ  भने आफुलाई पार्टी भित्रको एक योग्य दलित नेताको रुपमा स्थापित हौ र अरुको आत्मसम्मानको कदर गर्न सिकौ ।

मेरो लेखको बारेमा हजुरको पर्तिक्रिया भए  गोपाल सिवा gopsiwa@gmail.com

No comments:

Post a Comment