गाग्री छोइएको घटना प्रति दलित जनजाति पार्टिको घोर भत्र्सना

भैरहवा, मंसिर १२– कास्कीको लेखनाथमा भएको सबिता बिश्वकर्मालाई स्थानिय सार्बजनिक स्थलमा रहेको धारामा पानि भर्नै क्रममा गाग्री छोइएको भन्दै गरिएको कुटपिट तथा दुरब्यहारको घटना प्रति दलित जनजाति पार्टि क्षेत्र नम्बर २ रुपन्देहीले घोर भत्र्सना गरेको छ ।
पार्टीको क्षेत्र नं. २ को अध्यक्ष दुर्गा देबी बिश्वकर्माद्धारा हस्ताक्षरित बिज्ञप्तीमा २१ औ सताब्दीमा पनि मानिस मानिसबीच उच निच तथा छोइछिटोको ब्यहार गर्नु मानव समाजको निम्ती उपहास भएको जनाएको छ ।
 देश जातिय छुवाछुत मुक्त राष्ट घोषणा भै सकेको भए पनि परिवर्तन नचाहने समाजका असमाजिक तत्वहरु बाट यस्तो घटना बारम्बर भैरहनुले पनि समस्त ६० लाख दलित हरुको भवानामा चोट पुगिरहेको बिज्ञप्तीमा उललेख छ ।
जातिय बिभेद जन्य छोइछिटो तथा कुटपिट गर्नै सम्पुर्णलाई कार्वाही तथा पिडित सबिता बिशवकर्मालाई न्याय दिनको निम्ति दलित जनजाति पार्टि सम्बन्धित निकाय संग अपिल गरेको छ । यस प्रकारको घटनालाई ढाकछोप गरि पिडकलाई उन्मुक्ति दिने प्रयास भएमा जातिय बिभेद तथा छुवाछुतको कागजमा मात्रै हैन ब्यहारमा
पनि अन्त गर्न दलित जनजाति पार्टि सडक सघर्षमा जान बाध्य हुने समेत चेतावनी दिएको छ । कास्की लेखनाथ र पालिका वाड नम्बर २ रिठ्ठेपानीकी सबिता बिश्वकर्मालाई स्थानिय सार्बजनिक स्थलमा रहेको धारामा पानि भर्नै क्रममा गाग्री छोइएको भन्दै सोही स्थानका स्थानयि रमा कुमाल लगायतले कुटपिट तथा दुरब्यहार गरिएको बिज्ञप्तीमा उल्लेख छ ।साभार :- राधेश्याम विश्वकर्मा/ रातोपाटी

No comments:

Post a Comment