दलित अधिकार दशक घोषणाको राष्ट्रिय प्रतिबद्धता --गणेश बिक

नेपाली राजनीतिमा २००७, २०४६ र २०६२६३ का ठूला परिवर्तन मध्ये संघीय लोकतन्त्रान्त्रिक गणतन्त्र अर्थात परिवर्तनका अंशियार नेपाली उत्पीडित दलित समुदायलाई बनाएको दिन । 
अर्थात पुनःस्थापित संसदद्धारा छुवाछूत मुक्त राष्ट घोषणा गरी दलित समुदायको एकीकृत उत्थानको योजना बनाउने घोषणा भएको दिन र नेकपा एमालेका अध्यक्ष कमरेड झलनाथ खनाल मुलुकको प्रधानमंत्री हुंदा औपचारिक रुपमा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस घोषणा गरिएको दिन ।
 यी सबै सन्दर्भलाई जोडेर मुलुकका पूर्व प्रधानमंत्री ज्यूहरुले निम्न प्रतिबद्धता गरिएको सगौरव अवगत गराउन चाहन्छु ।
दलित अधिकार दशक घोषणाको राष्ट्रिय प्रतिबद्धता :
आगामी नयाँ संविधान दलितमैत्री बनाउन, राज्यका संघीय तथा स्थानीय सम्पूर्ण अंग र निकायहरुमा प्रगतिशील आरक्षणको मूल मर्मलाई स्थापित गर्दै समानुपातिकमा क्षतिपूर्ति सहितको थप प्रतिनिधित्व सुनिश्चितता गर्न, राष्ट्रिय दलित आयोगलाई संबैधानिक बनाउन, संबैधानिक अंग, कुटनीति नियोग एवं आयोगहरु, सुरक्षा निकायका सम्पूर्ण संरचनाहरु, निजामति सेवा, शिक्षा, स्वास्थ्य वित्तीय तथा निजि प्रतिष्ठानहरु, उच्चपदस्थ अधिकृतहरुमा विशेष नीति निर्माण गरी सार्थक प्रतिनिधित्वको व्यवस्था गर्न, जातीय भेदभाव तथा छुवाछुत उन्मुलनको सरकारी घोषणाको व्यवहारिक कार्यान्वयन गर्न, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लगायतका कानूनहरुको पूर्ण पालना गर्न गराउन, बैज्ञानिक भूमिसुधार मार्फत दलित भूमिहिन÷सुकुम्वासीहरुलाई प्रयाप्त जमिन सहित आवासको व्यवस्था गर्न, नेपाल सरकारको आवधिक नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायका महिला, मधेशी तथा अल्पसंख्यक लगायतलाई समेत ध्यानमा राख्दै प्रभावकारी कार्यान्वयन गर्न गराउन, सम्पूर्ण राजनीतिक दलहरुमा सार्थक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्न र उत्पीडित दलित आन्दोलनले उठाएका थप न्यायिक मागहरुलाई सम्बोधनका लागि राज्यका तर्फबाट २०७० देखि २०८० लाई दलित अधिकार दशक घोषणा गर्न गराउन हामी ठोस पहल गर्ने राष्ट्रिय प्रतिवद्धता व्यक्त
गर्दछौं ।
हामी प्रतिबद्ध छौं ।

क. झलनाथ खनाल, अध्यक्ष, नेकपा (एमाले)तथा पूर्वप्रधानमन्त्री
 क. माधवकुमार नेपाल, वरिष्ठ नेता नेकपा एमाले तथा पूर्वप्रधानमन्त्री 
 क. पुष्पकमल दाहाल (प्रचण्ड), अध्यक्ष, एनेकपा (माओवादी) पूर्वप्रधानमन्त्री
श्रीशेरबहादर देउवा ,वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री नेपाली कांग्रेस
श्रीसुर्यबहादुर थापा, पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता राष्ट्रिय प्रजातन्त्र पार्टी
श्रीलोकेन्द्रबहादर चन्द, बरिष्ठ नेता राष्ट्रिय जनशक्ति पार्टी
श्रीसुवाषचन्द्र नेम्वाङ्ग, संविधानसभाका पूर्व अध्यक्ष तथा सभामुख

जातीय छुवाछूत तथा भेदभाव उन्मुलन राष्टिय दिवस २०७० को शुभ उपलक्षमा स्वदेश तथा विदेशमा रहनु भएका आम नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।
source:topnepalnews

No comments:

Post a Comment