सियोको टुप्पोले मुटु बिझ्यो दमै दाई
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhL93-LlO86ovlZCL-zdBg3d6YjqDAYsiUfVdgjTFC1SsmewWEDAE0_QpSG6HfvjU9wRTFDoTUkpAJbVinKog4SwK0jxx7uewrpwG1y2vJX3iU-vBtVTU5upDrvsALd4MnMwZ86IFkqybY/s1600/resize_image.php.gif) |
लेखक :- यादव देवकोटा लेख साभार : सेतोपाटी बाट |
आजलाई देशलाई देखेर
झरझर पातमा किराले दमै दाई
देशदशा झलक्कै देखेर
चार बर्ष अघि शिशिर योगीले गाएको यो गीत आजको दिनमा झन्झन् सान्र्दभिक
हुँदै गएको छ । देश र देशको सरदहभित्र जीवन अड्याएर बॉचेका मानिसहरु निरिह
बन्दै गएको समयमा यी गीतका हरफहरुले मानिसको मुटु बिझाउनु स्वाभाविक छ ।
देश एकपछि अर्को गर्दै किराले प्वालैप्वाल पारेर थोत्र्याएको पातजस्तो
बन्दै गएपछि शिशिरले यो गीत गाएका थिए । गीतको रचना भने शिशिर नजन्मदै
नेपाली साहित्यका एकजना महान शिल्पिले दुरचेतको कल्पनशीलता भरेर गरेका थिए
आजभन्दा झण्डै साँढे पाँच दशकअघि । कुठाउँमा जन्मिएका शेक्सपिएर भनेर चर्चा
गरिने नेपाली साहित्यका ती धरोधर थिए महाकवि लक्ष्मीप्रसाद देवकोटा ।
महाकवि देवकोटाका रचनाहरु पढ्दा लाग्छ
उनी केवल लेख्ने धन्दा पूरागर्नका
लागि मात्रै लेख्दैनथे । उनका लागि लेख्नु समाजप्रतिको दायित्व
सचेततापूर्वक पूरा गर्नु पनि थियो ।
देवकोटाको समयमा परम्परागत ‘ए क्लास’को बाहुन परिवारको छोराले टुपी
काट्नु, बिहान सन्जे अलाप्दै ननुहाउनु, रुद्री बाचन नगर्नु एउटा भयानक
अपराध मानिने अवस्था थियो । घरको वरिपरि ढुङ्गे पर्खाल लगाएर मानिसले
जीविकाका लागि रोजेको पेशाका आधारमा विभाजित बर्ण ब्यावस्थाका सदस्यहरुले
जदौ नगरी पर्खालबाट भित्र छिर्न नपाइने अवस्थामा उनले जातिय उत्पिडन र
मानिस मानिस बीचको भेदभावको बिरुद्ध जुन ढंगमा बिद्रोहात्मक चेतका साथ लेखे
अहिले तिनै चेतको माला उनेर नीजि जिन्दगी चम्काउन राजनीतिको माला जप्दै
हिँडेकाहरुले समेत चुनावी नारामा उनका कविताका हरफहरु टाँसि हिँड्नुपर्ने
अवस्था विद्यमान छ । आजको चेतना र सूचनाको सञ्जालले मानिसहरु बिर्मशको एउटै
कचौरामा जम्मा भएको दिनमा जसरी जातपातको बिषय उठाएर आफुलाई असली
क्रान्तिकारी दाबी गर्दै ठूल्ठूला विलासी दरवार र घरवार जोड्ने कर्ममा
मानिसहरु लागेका छन् विना कुनै दावी जातिभेद विरुद्ध देवकोटाले आगोको गीत
लेखेर कैयौं अभावका दिनहरु झेले:
इश्वरको मुर्ती मान्छे
मान्छे गर्छ हेला
एउटै मासु एउटै रगत
एउटा अर्को केलाई
(सियोको टुप्पोले)
को यो फार्ने को यो पार्ने
मानिस–मानिसमा अन्तर
(चुकुल)
भोटेको पाउ समाई भन्छन् बिचरा मदन
इश्वर मेरा हे भोटे दाई π क्या राम्रो बचन
(मुनामदन)
अमानिस ठानिएका जनजाति र दलितहरुलाई हेप्ने, आफुभन्दा अघि हिँडे बाटै
बिटुलो हुन्छ भन्ने अहंकारी चेतना रहेको समाजमा बॉचेर देवकोटाले एउटा
भोटेको खुट्टालाई प्रेमले छोएको र मानिस जातको अहंकारी थाङ्गने रवाफले हैन
दिलभित्र रहेको चेतनाको जाज्वल्यमान दियोको निरन्तर प्रज्वलनले ठूलो हुन्छ
भनेर लेखिदिए । आज समानता, जातीय नश्लचेतना खेतिपातीको सबैभन्दा सजिलो
टारीखेत भएको दिनमा सबै जाति एउटै हो, सबको रगत रातै हो भन्नु बहादुरीको
कुनै पहाड फुटाउनु होइन । तर मानिसहरुले विद्यालय जान राणा शाषकहरुको उर्दी
थाप्न पर्ने, तिनै राणाहरुले मानिसलाई जात दिन या झिक्न सक्ने,
स्वतन्त्रतालाई घोडातबेला दरबारका कारिन्दा मार्फत बितरण गरिने दिनमा तिनै
राणाहरुको छात्ति छेऊ उभिएर झ्याउरे भाकामा उनले यूग चेतनाको दियो बाल्ने
जुन धृष्टता गरे त्यो कुनै भयानक विप्लव भन्दा कम थिएन । अर्को मानिसलाई
छोएर सुनपानी नहाली घरछिर्नु अपराध ठहरिने चेतना बोकेर बॉचेको समाजमा
देवकोटाले सामाजिक कुरितीमाथि जसरी धावा बोले त्यो एक हदसम्म दुश्साहस नै
थियो राणाकालका दिनमा ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छु‘दैन
मानिस ठूलो दिलले हुन्छ जातले हु‘दैन
(मुनामदन)
No comments:
Post a Comment