५० वर्षीय मंगलसिंह सार्की विरुद्ध बालिका बलात्कार गरेको किटानी जाहेरी

झापा । ०७० मङ्सिर १२ गते-दमक नपा-२ स्थित भूटानी शरणार्थी शिविर वेलडाँगी सेक्टर २ निवासी भुटानी शरणार्थी ५० वर्षीय मंगलसिंह सार्की विरुद्ध बालिका बलात्कार गरेको आरोपमा मङ्सिर १२ गते ईलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी परेको छ ।
एक सुस्तमनस्थिति भएकी १२ वर्षीया बालिकालाई मङ्सिर ९ गते आरोपित सार्कीले फकाएर आफ्नो घरमा ल्याई बलात्कार गरेको आरोपमा उजुरी परेको सोही शिविरमा कार्यरत सामूदायिक मध्यस्थता अधिकृत अधिवक्ता मणि पराजुलीले बताए । आरोपितलाई प्रहरीले मङ्सिर ११ गते नै गिरफ्तार गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

No comments:

Post a Comment