लेख लेखेको पारीश्रमिकले दलित विद्यार्थी पढाउने


गुल्मी २६ कार्तिक । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले आफूले विभीन्न पत्रपत्रिकामा लेखेको लेखवापत पाउने पारीश्रमिकले दलित विद्यार्थीलाई पढाउने बताउनु भएको छ ।  दलित विद्यार्थीहरु शिक्षाबाट बञ्चित भएकोले अति विपन्न दलित परीवारका जेहेन्दार विद्यार्थी आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस भनेर आफूले दलितलाई पढाउने बताउनुभयो ।

गुल्मीको सिर्सेनीमा जनताहरुले दतिलका लागि पुराना राजनेतिक दलहरुले केही सहयोग नगरेर उपेक्षा गरेको गुनासो गरेपछि उहाँले यस्तो आश्वासन दिनुभएको हो । 

एकीकृत नेकपा माओवादीले दलित, जनजाती, महिला र उपेक्षित उत्पिडित वर्गको हितको लागि जनयुद्धकालदेखि नै लडेकोले माओवादीमात्रै उनीहरुको हितको पार्टि भएको बताउनुभयो । उहाँले दलित बर्गलाई विभीन्न राजनैतिक दलहरुले चुनावमा भोटब्यांकको रुपमा मात्रै प्रयोग गर्ने तर चुनावपछि उनीहरुको हितमा कुनै निति निर्मण नगर्ने भएकोले माओबादी संधै निति निर्माण तहमै दलितको हितको लागि लागीरहेको बतउनुभयो ।साभार : गुल्मिटुडे

No comments:

Post a Comment