नेपाल र भारतका दलित समस्या र एकता तथा सम्मान कार्यक्रम

आज राजधानीको बानेश्वोर स्थित अल्फा बेटा कम्पेलक्समा नेपाल - भारत दलित मैत्रि संघ र समता साहित्य एकेडेमी  मुम्बाइ महाराष्टको संयुक्त आयोजनामा नेपाल र भारतका दलित समस्या र एकता तथा सम्मान कार्यक्रमको आयोजना भयो   ।
 उक्त कार्यक्रमा बिगत लामो समयदेखि दलित समाजको हक, अधिकार उत्थानका निमित्त योगदान गरेबापत दलित योध्दाहरू मध्येका हिरा विश्वकर्मा, मेजर बल बहादुर र इ. मान बहादुर बस्यालार्इ लाइफ टायम एक्चिभमेण्ट अन्तरराष्टिय अवार्डव्दारा सम्मान गरियो । सो अवसरमा गजाधर सुनार, चक्रमान विश्वकर्मा, संजु बैठा, चन्द्रकुमार गदाल,बिष्णु माया परियार र भोजमान लामगादेलार्इ नेपाल भारत फ्रेण्ड्शिप अन्तराष्टिय अवार्डव्दार सम्मान गरिएकोछ । यसरी नै सो कार्यक्रममा भारतका बिभिन्न राज्य र अमेरिकाबाट सहभागी मध्ये केहि महानुभवलार्इ सम्मान गरिएको थियो । उक्त सम्मान तथा पुरस्कार प्रज्ञाप्रतिस्ठान कुलपति तिलबिक्रम नेम्बांङ, समता साहित्य अकादमीका अध्यक्ष एस. डी. टेंडेकर, नेभादमै संघका अध्यक्ष अोमप्रकाश बिश्वकर्मा, पूर्व मंत्री हरिशंकर परियार , पूर्व सांसद ऋषिबाबु परियारले प्रदान गर्नु भएको थियो । 
कार्यक्रममा समता साहित्य एकेडेमी का तर्फ बाट श्री  एस. डी. टेंडेकर ले नेपाल भारतका अनेकौ  पक्ष को बारेमा प्रकाश पर्नु भएको थियो  । आज भन्दा ६ बर्ष अघि स्थापित भएको समता साहित्य एकेडेमी  मुम्बाइ महाराष्ट ले पहिलो पटक यसरि मुलुक बाहिर  नेपालमा  बिभिन्न क्षेत्रमा कार्यरत दलित व्यक्तित्व लाई हौशला पर्दान गर्ने कार्यको थालनी गर्दै आफुहरु यहाँ सम्म आइपुगेको बताउनु भएको थियो  ।
त्यस्तै गरि दलित अधिकार र मुक्तिका पक्षमा केन्द्रित भई नेपाल र भारतका दलित नेता तथा अधिकारकर्मीको सकि्रयतामा २०६० सालमा स्थापना भएको  नेपाल भारत दलित मैत्री संघ ले यसरि नै आगामी दिनमा दलित मुक्तिका लागि सशक्त कार्यक्रम घोषणा गर्ने तथा नेपाल-भारतबीचका दलित समुदायको समग्र हितमा रहेर कार्य गर्ने प्रतिबद्धता नेपाल भारत दलित मैत्री संघ अध्यक्ष श्री ओंम प्रकाश बिस्वकर्मा ले व्यक्त गर्नुभयो  ।सम्मान सहित गित र  नाच प्रस्तुत गरिएको कार्यक्रममा नेपाल-भारत लगायत अमेरिका बाट १५० जना जति को उपस्थिति रहेको थियो  ।
सोहि कार्यक्रममा लिएका केही तस्बिरहरु 



No comments:

Post a Comment