कांग्रेस र एमालेले पत्याएनन् दलितलाई


काठमाडौं,कात्तिक २८ –पुर्वाञ्चलमा ठुला राजनीतिक दलहरुले प्रत्यक्षतर्फ दुइजना मात्र दलित उम्मेदवार उठाएका छन् । दुबैलाई एमाओवादीले उम्मेदवार बनाएको हो । कांग्रेस र एमालेले भने कोही पनि दलित उम्मेदवार उठाएका छैनन् ।
एमाओवादीले मोरङ –८ मा गोपी अछामीलाई उम्मेदवार बनाएको छ । उनी अघिल्लो निर्वाचनमा पनि त्यही क्षेत्रबाट बिजयी भएका थिए । त्यस्तै भोजपुर–१ मा एमाओवादीले खेमराज नेपालीलाई
उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा माओवादीका पदम राई बिजयी भएका थिए ।
कांग्रेस र एमालेले केही दलितलाई मात्र समानुपातिकमा उम्मेदवार उठाएका छन् । उता दलितको लागि आवाज उठाउने दलित जनजाति पार्टीले गैरदलितालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । सप्तरी १ मा दलित जनजाति पार्टीले गैरदलित कुशेश्वर साह हलुवाईलाई उठाएको छ ।
आजको नयाँ पत्रिका दैनिकका अनुसारदेशकै दोस्रो धेरै दलित भएको जिल्ला सिरहाबाट कुनै पनि दलितले टिकट पाएका छैनन् ।मधेसी दलले पनि त्यहाँ दलितलाई टिकट दिएका छैनन् ।दलित जनजाति पार्टीले प्रत्यक्षतर्फ तीनवटा क्षेत्रमा मात्र उम्मेदवार उठाएको छ ।
साभार रातो पाटी

No comments:

Post a Comment