दलित महिलाका मुद्दामा आमसञ्चारकर्मी एकमत - राजेन्द्र ताम्राकार

काठमाडौं १३ मङ्सिर । राष्ट्रियस्तरका प्रमूख सञ्चारमाध्यममा क्रियाशिल सञ्चारकर्मीहरु दलित महिलाका मुद्दालाई सम्बोधन गराउने सवालमा एकमत भएका छन् । दलित महिला संघद्वारा संघको सभाहल कुपण्डोलमा आयोजित दुइदिने ‘सञ्चारमा दलित महिलाका मुद्दाहरु’ विषयक अभिमुखीकरण कार्यक्रममा सहभागी विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुले दलित महिलाका मुद्दालाई आ–आफ्नो सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउने प्रतिवद्धता जनाएका हुन् । अभिमुखीकरणको दोस्रो दिन आज नागरिक दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानले सञ्चारमा दलित महिलाका मुद्दाका सवालमा आफ्नो धारणा राख्दै कुनैपनि समुदायलाई राष्ट्रविकासको मूलप्रवाहीकरणमा सहभागी गराउँदा जातीय आधारमा नभइ आर्थिक अवस्थाको
आधारमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । प्रधानले स्वाभाविकरुपमा दलित महिलाहरु राज्यको हरेक निकायमा पछाडि पारिएको भन्दै त्यसको समाधान जातीय रुपमा नभई उनीहरुको आर्थिक अवस्थाका आधारमा खोजिनुपर्नेमा जोड दिनुभयो । दलित महिलाका मुद्दालाई प्रमुख सञ्चारमाध्यममार्फत कसरी सम्बोधन गराउन सकिन्छ र उनीहरुका सवाललाई राष्ट्रविकासको मूलप्रवाहीकरणमा सम्बोधन गराउनका लागि कसरी राज्यको ध्नाकर्षण गराउन सकिन्छ भन्ने उद्देश्यले संघले प्रमुख सञ्चारमाध्यमसंग आवद्ध सञ्चारकर्मीसंग दलित

महिलाका मुद्दामा केन्द्रित अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको संघकी अध्यक्ष दुर्गाा सोबले बताउनुभयो । सोबले सञ्चारमाध्यममार्फत आफूहरुले दलित महिलाका समाचारलाई प्रकाशन÷प्रशारण गरिदिनैपर्छ भन्ने भन्दा पनि अबका दिनमा संघ र सञ्चारमाध्यमकाबीचमा एकआपसमा कसरी सहकार्य गरेर जान सकिन्छ र त्यसका लागि संघले के–कस्तो सहयोग गर्नसक्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउँदै सञ्चारमाध्यमको सहकार्यमा आगामी दिनमा यि र यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रममा कान्तिपुर दैनिकका समाचार डेस्क प्रमुख अखण्ड भण्डारीले सञ्चारमाध्यमले जहिले पनि आवाजविहीनको आवाजलाई प्राथमिकता दिँदै आएको बताउँदै त्यसमा पनि समाजको पिँधमा रहेको दलित महिलाका सवाललाई आगामी दिनमा विशेष प्राथमिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले दलित महिला संघजस्ता सामाजिक संघसंस्थाले दलित महिलाका सवाललाई मूलधारको सञ्चारमाध्यम समक्ष ल्याइपु¥याउनका लागि विशेष सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
 उहाँले संघले आफ्नो कार्यक्षेत्रमा भएगरेका क्रियाकलापहरुलाई निरन्तररुपमा सञ्चारमाध्यमसमक्ष पु¥याई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गोरखापत्र दैनिक, कान्तिपुर, नागरिक, राजधानी, नेपाल समाचारपत्र, कमाण्डर दैनिक, रेडियो नेपाल, नेपाल टेलिभिजन, नेपाल साप्ताहिक, हिमाल खबरपत्रिका लगायतका सञ्चारमाध्यममा आवद्ध ३० जना क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । दुइदिनसम्म चलेको अभिमुखीकरण कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका उपाध्यक्ष यशोदा तिम्सिनाले गर्नुभएको थियो ।

No comments:

Post a Comment