त्यो १४ भाषा बोल्ने चरो र दलित सस्थाहरु -गोपाल सिवा

हामी जति पनि देश बिदेशमा खुलेका दलित सस्थाहरु छौ तिनीहरुमा एउटै लक्षय रहेन भने हामी सबैको अवस्था हाम्रो भबिष्य यहि चराको जस्तै हुन्छ यहि कुरालाई प्रस्ट पार्न यो कथा माथि गौर गर्न मित्रहरुलाई म अनुरोध गर्न चाहन्छु ! यो कथा हाम्रै समुदायको हितको लागि हाम्रो समुदाय भित्र देखिएको समस्या देखि टिपिएका विम्ब प्रतिकहरु बुझाएर एक्यबद्ध हुन  प्रेरित गर्ने मनाश्यले भएको हुनाले यसैलाई आधार मानेर कोहि पनि मित्रको चित दुख्न गएमा संयोग मात्र हुनेछ ।

एक जना अमेरिकी ब्यापारी कामको शिलशिलामा अफ्रीका छिर्छन ! अखबारबाट थाहा पाए कि १४ ओटा भाषा बोल्ने चरा समेत किन्न त्यहाँ पाईन्छ ! तर मूल्य अति चर्को थियो ! एक लाख डलर ! उनि करोडपति थिए त्यसैले अफ्रिकाको कोशेली स्वरुप त्यस चरालाई किनेर पार्शल गरि घर पठाईदिए ! केहि दिन पछि ब्यापारी घर पुग्नासाथ श्री मतिलाई सोधेछन "मैले अफ्रीका बाट पठाएको त्यो दुर्लभ चरा खै ह ?" 
ई , हजुरकै लागि  आज त्यसको तरकारी बनाएको छु मैले ! श्रीमतिको जवाफ सुनेर छाँगा बाट खसे झैँ भएका ब्यापारी भन्छन - धत् मोरी , तैले सत्यानाश गरिश ! चौध भाषामा बोल्ने त्यो चरोलाई एक लाख डलर हालेको थिए मैले बुझिश !"श्रीमती भन्छिन " खै, मैले काट्न खोज्दा उस्ले एउटै भाषा बोलेन ! चौध भाषा बोलेर के गर्नु यदि मौकामा बोल्न सकेन भने ! बोले पो एक लाखको चरो, नबोले एक डलरको बिचरो !

त्यस्तै जहाँ जहाँ दलितहरु  पुगेका छन् त्यहाँ त्यहाँ  मुलुकको बर्न ब्यबस्था र  जातीय समस्याका बिरुद्ध एक जुट हुन  लागि बनेको भनेर बहुमुल्य सोच बुनेर  दलित सम्बन्धित  बिभिन्न संघ सस्था खुलेको पाइन्छ । संघ संस्था खुल्नु एक जुट हुनु ब्यक्तित्व बिकाश र आफ्नो देशको लागि केहि गर्न खोज्नु सकारात्मक पक्ष हो । तर हाम्रो देशको राजनीति अबस्था , खुलेका हजारौ संग सस्था र बिदेशमा खुलेका दलित संघ सस्थाहरुको प्रवृति र अवस्था करिब करिब उस्तै जस्तो देखिन्छ ।मुलुक  छाडेर १४ ओटा भन्दा बढी अन्य बिदेशी मुलुकमा त्यहाका बाताबरण जानेका बुझेकाहरु मिलेर लाखौ करोडौ कमाउने अमुल्य दैनिकी बाट समय बचाएर  दलित हकहितका लागि जागौ है भन्दै संघ सस्था खुलेका छन्  तर खै त तिनको उपस्थिति यहाँ ?दलित प्रति समाजले गरेको भेदभाव अमानविय हो भन्दै मन दुखाउदै प्रेश बिज्ञप्ति निकाल्न बाहेक अरू बिकल्प किन देख्दैनन ? देशका त बहुसंख्यक डलर खेति गर्ने भए तर बिदेशका किन जाग्दैनन दलितका संघ सस्थाहरु ? किन साझा एजेन्डा बनाएर जानु पर्ने समयमा एकै बोलि बोल्न सक्दैनन् ? 

निर्वाचनमा त दलितहरूको मुद्दा, भूमिका सुनिस्चित गर्न उमेदवार उठाउनैपर्छ भनेर कसैले विद्रोहका आवाज उठाउन सकेनन अहिले  निर्वाचनपश्चात गठित हुने संविधानसभामा सहभागिता तथा निर्णायकत्वका सवाल अहिले महत्त्वपूर्ण भएर दलितहरूको संख्याको आधारमा अनिवार्य उपस्थिति गराउन एक बोलि किन बोल्न सक्दैन् ?समग्र दलितको कोणबाट भन्ने हो भने अहिलेको दलितको सवाल भनेको लोकतन्त्रको मूल्य र मान्यताअनुसार दलितको राज्यमा  सहभागिता र प्रतिनिधित्वका सम्बन्धमा संविधानसभाबाट दलित मैत्री संविधान लेखनको  लागि सुनिस्चितता हुनु पर्ने अपरिहार्यता र आवश्यकता रहेको छ  तर किन बिदेशमा खुल्या १४ भाषा बोल्न जाने सस्थाहरु भए पनि एकै भाषा बोल्न सकिरहेका छैनन ?

जागौ ,एकै बोलि बोलौ यहि हो समय  दलितहरूले आफ्ना मुद्दाबारे संबिधानसभामा बहस गराउनसके, समर्थन जुटाउनसके र आफ्नो जनमतमार्फत सार्थक हस्तक्षेप गर्नसके भने मात्र  नयाँ संविधानमार्फत समग्र राज्यको पुनःसंरचनासहित दलित अधिकार स्थापित हुनसक्छ । दलित अधिकार संविधानसभाबाट नै स्थापित हुनसक्छ । दलितहरूको प्रतिनिधित्व सुनिश्चितताका लागि एकै बोलि बोल्नै पर्छ ।अन्यथा यहि चरोको जस्तो हाल हुन्छ !







No comments:

Post a Comment