बाहुनको सेवा गर्नु नै शुद्रहरु जन्मेका हुन् -तागाधारी समाज,सिकिम

सन १९९२ ताका सिकिमका तागाधारीहरुबाट अत्यन्त गोप्यरुपमा प्रकाशित गरी अतिगोप्य तौर तरिकाले तागाधारीहरुमाझ मात्र यो गायत्री मंत्र वितरण गर्ने काम भएको थियो । अपितु नेपालका तागाधारीहरुमा पनि वितरण गर्ने काम भएको थियो, जुन यस प्रकारको छ । ओ ............... म भुभूवः स्वः तत्सवितु वरेयं भर्गो देवस्य धीमहि धियो योनः प्रचोदयात ।। यर्यूवेद ३३।।२ हामी हिन्दू तागाधरी बाहुन छेत्रीहरुले आफ्नो हित, भलाई र सुरक्षाको लागि एक हुनु पर्ने एवं चिन्तन गर्नु पर्ने दिन आएको छ । विशेष गरेर सिकिम र नेपालको राजनैतिक छेत्रमा कतिपय अति आवश्यक कदम उठाउनु पर्ने महसुस भएकोले यो साँचो पर्चा गायत्री मंत्रद्वारा सबैलाई जानकारी र आफ्नो अधिकारप्रति सतर्क गराउने उद्देश्यले हाम्रो तागाधारी सुरक्षा समाजको तर्फबाट यो पर्चा प्रकाशित र वितरण गर्ने जमर्को गरेका छौं । तागाधारी समाजको उद्देश्य र कार्यक्रमको जानकारी पहिलानै
गायत्री मंत्र १ र २ मा दिइसकेका छौं । यो पर्चा केवल तागाधारी वर्गमा मात्र वितरण एवं प्रचार प्रसार गर्नुपर्ने र अरु जातीमा पूर्ण रुपले गोपनीय राख्नु पर्ने हुनाले यो पर्चा हाम्रो जाती सुरक्षाको गायत्री मंत्र हो । सिकिमका मतवाली शुद्रजाती एवं नेपालका शुद्र जाती मतवालीमा राजनैतिक चेतना आउनको मूलकारण काठमाडौं निवासी गोपाल गुरुङको नेपाली राजनीतिमा अदेखा संचाइको राजनैतिक विचार धाराको प्रभावले हो । आज सिकिममा पनि उक्त पुस्तक प्रशस्तै वितवरण र प्रचार भइरहेको छ । प्राय सबै मतवालीहरुले यो पुस्तक पडेका छन् । अतः आफ्नो संघ, संगठन गठन गरेर भाषा, संस्कृति रिती थितीको नाममा राजनीति गर्न थालेका छन् । गाउँ घरमा गएर सरसल्लाह विचार विमर्श एवं मतो गर्न सक्ने भइसकेका छन् । यिनीहरु मिलेर नेपालमा झै राजनैतिक मंचमा उभेको खण्डमा भने हाम्रो शाषण गर्ने जन्मजात अधिकार यिनीहरुको हातमा जाने डर छ । यी मतवालीहरुको हातमा सत्ता गए हाम्रो सर्वनाश हुनेछ, किन कि हामी शाषण गर्नकै
निम्ती संसारमा आएका हौं । ऋगवेदमा यसो भनिएको छ, ब्रम्हाणोश्ये मुखमा सीद बाहुराजन्यःकृत उरु तदश्य या वैश्य या शुद्र अजायत अर्थात बाहुनको मुखबाट बाहुन, बाहुनको बाहुबाट छेत्री, बाहुनको जांगबाट वैश्य र बाहुनको खुट्टाबाट शुद्र जन्मेका हुन् । लोक र वेदहरुमा शुद्रहरु
मतवालीहरु निच हुन र यिनीहरुको छायासम्म प¥यो भने पनि बाहुन छेत्री अपवित्र हुनेहुनाले स्नान गरेर या त सूर्यको दर्शन गरेर मात्र पवित्र हुनेछन् । अझ हाम्रा पुर्खा मनुले त यसो भनेका छन् बाहुनको सेवा गर्नु नै शुद्रहरु जन्मेका हुन् । बाहुनको सेवा नै यिनीहरुको धर्म हो । यस्ता शुद्र र छुद्रहरुलाई हामीले कुनै पनि हालतमा शाषण सत्तामा पुगेर टाउकोमा चड्नु दिनु हुँदैन, धोतीको जुम्रा टाउकोमा चड्यो भने अनर्थ हुनेछ । हामीमा मात्र शाषण गर्ने ज्ञान बुद्धि आर्जित छ । हामीले सिकिमको राजनीतिमा नर बहादुर भण्डारीज्यूलाई तन, मन, धन र जनले सघाउनुपर्छ । हामीले आफ्नो बृहद स्वर्थ र सुरक्षाको निम्ती साना तिना कुरामा मन मोटाव गरेर टुट्नु, फुट्नु, टुक्रिनु हुँदैन, जुट्नुपर्छ । हामीले ठूलो लक्ष्यको निम्ती सानो तिनो स्वर्थ त्याग गर्नैपर्छ, अनि मात्र हाम्रो दीर्घकालिन शाषण सत्तामा रही यी धोतीको जुम्रो मतवालीहरुलाई दबाउन सक्षम हुनेछौं, यो गहिरो पाठ हामीले नेपालका तागाधारीबाट सिक्नै पर्छ । मतवालीहरुबाट जो पनि नेता बन्ने रहर गर्छ त्यस्तालाई कुनै न कुनै तरिकाले नाश गर्नैपर्छ । त्यस्तालाई सामप्रदायिक भनेर हुन्छ कि, आतंकवादीको विल्ला भिराएर हुन्छ कि, साम्प्रदायिक देशद्रोही, समाज विरोधी, अनैतिक, भ्रष्टचारी, विदेशी दलाल, विदेशी एजेण्ट के भनेर हुन्छ तिनीहरुको पतन गराउन तन, मन, धन, साम, दाम, दण्ड, भेद कुन हतियार प्रयोग गर्दा हुन्छ त्यो हतियार प्रयोग गर्नुपर्छ । यस प्रकारको हतियार प्रयोग गर्दा हामी तागाधारी अगाडी देखा पर्नु हुँदैन, तिनीहरुकै समाजको सस्तोमा विक्ने र लोभिने, लालची खालकोलाई प्रयोग गर्नुपर्छ ता कि यो कुटनैतिक चाल यी मतवाली शुद्रलाई थाहा नै नहोस् । यो पाठ हामीले रामायणबाट सिक्नु पर्छ, कसरी रावणको पतन गराउन तिनकै भाइ विभिषणलाई प्रयोग गरे, बलवन बालीलाई मार्न तिनकै भाइ सुग्रिवलाई प्रलोभनमा फसाइ उपयोग गरे र हिरण्यकसिपुलाई मराउन आफ्नै छोरा प्रलादलाई प्रयोग गरे । यो सब कुटनैतिक र कुटिल चालबाजी हाम्रा पुर्खाको सफल छमता हो जुन अहिले हाम्रो पालामा पनि सफलतापूर्वक काम गरिरहेको छ । महाभारत हाम्रो निम्ती सफल राजनैतिक र कुटनैतिक पुस्तक हो भने रामायण हाम्रो निम्ती सफल धार्मिक पुस्तक हो । त्यस्तै हाम्रो निम्ती हाम्रा पुर्खाहरुले लेखेर छाडिदिएका अमूल्य नितीहरुमा चाणक्य, कौटल्य र मनुस्मृति जस्ता पुस्तकहरुले यो शुद्र मतवालीहरुलाई उठ्नै नदिइ ढाड भाचिदिने अमुल्य नितीहरु हाम्रो तागाधारी आर्य संस्कृति र सुरक्षाको निम्ती सिक्नै पर्ने अमूल्य नितीहरु हुन् र केही गर्दा पनि नभए धर्मदत्त फर्मुला अपनाउनु पर्छ । यी शुद्र मतवालीहरु माझ जाती जातीमा फुट ल्याइ टुक्राएर राख्नु पर्छ र कसलाई कतिवेला कुन कामको निम्ती प्रयोग गर्नु पर्छ त्यो सोचिराख्नु पर्छ । आर्य सभ्यताको स्वर्णीम इतिहास प्राचीन ग्रन्थ ऋगवेद तागाधारीको गौरवमय इतिहास अहिलेको होइन । हाम्रो यस सुनौलो इतिहासलाई सदा कायम राख्न हामी एक हौ भन्ने आवहान सहित विजय दशमी १९९२ को शुभ उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना चडाउँछो. । तागाधारी सुरक्षा समाज रुम्तेक बस्ती पूर्व सिकिमको निम्ती देव नारायण खरेलद्वारा प्रकाशित एवं वितरित ।
साभार :- मनोखोटांग बल्गस्पट डट कम

No comments:

Post a Comment