किन गरे परियार दम्पतीले आत्महत्या ?

बुटवल, भदौ २४ - रुपन्देहीमा दम्पतीले आत्महत्या गरेका छन ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोतिपुर गाउ विकास समिति वडा नं ९ मनोहरापुर वस्ने ३८ वर्षका मिनराज परियार र उहाँकी ३५ वर्षकी श्रीमती सरस्वती परियारले आत्महत्या गरेका हुन ।

भान्छा कोठामा रहेको फलामको पाइपमा चुन्नीको पासो लगाई श्रीमतीले आत्महत्या गरेको देखेपछि श्रीमान मिनराजले पनि विष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।सरस्वतीले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment