पहिरोले बाग्लुङमा सात दलित घर पुरिए
Tuesday, September 3, 2013
बाग्लुङ - अविरल वर्षासँगै आएको पहिरोले बाग्लुङको बोबाङ र तमानमा पाँच घर पुरिएको छ। सोमबार रातिदेखि अविरल वर्षासँगै आएको पहिरोमा परेर बोबाङ—३ का ज्ञामलाल भण्डारी, तिर्थे भण्डारी, वडा नं ४ का रण बहादुर विक, रुपलाल विक,वडा नं- ५ का आइते विकको घर पहिरोले पुरेको स्थानीयले बताएका छन्। घटनामा लाखौँको धनमालको क्षति भएपनि मानवीय क्षति भएको छैन। पहिरो बग्न थालेपछि स्थानीय भागेर बच्न सफल भएका छन्।
त्यस्तै अविरल वर्षासँगै आएको भेलले तमान—६ माइकल बुढा, खर बहादुर बुढाथोकीको घरमा असर पुगेको छ भने विष्णु बुढाथोकीको घरमा सामान्य क्षति पुर्यानएको स्थानीय जोगलाल बुढाले बताए। तमान—६का मगर बुढाथोकी, नरे सिर्पालीको घर क्षति पुर्यानएको छ। लिला बुढाथोकीको खेतबारीमा समेत क्षति पुर्याएको उनले बताइन्।
सम्भावित जोखिमबाट बच्नको लागि तमानका २० घरका स्थानीय रातिदेखि धनगौ ज्योती माविमा बसेको स्थानीयले बताएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
सरोकार
No comments:
Post a Comment