दलित जनजातीको चुनावी अभियान

दलित जनजाती पार्टीले तराईका तीन जिल्ला रुपन्देही, कपिलबस्तु र नवलपारासीमा संविधानसभा निर्वाचन अभियानलाई तिव्रता दिएको छ ।उत्पीडित समुदायको पक्षमा आवाज उठाउने दावी गर्दै चुनावी अभियानमा दर्जनौं पार्टीहरु रहेपनि तीनीहरुले उत्पीडित समुदायको मुद्धा बोक्न नसकेको भन्दै चुनावी अभियानलाई तिव्रता दिएको हो । 
केन्द्रिय अध्यक्ष विश्वेन्द्र पासवानको नेतृत्वमा भदौ ६ देखि ९ गतेसम्म आगामि संविधानसभा निर्वाचनको पार्टीको ऐजेन्डा र
रणनितिको बारेमा जानकारी गराउने उदेश्यका साथमा आमसभा, प्रशिक्षण र कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । रुपन्देहीको क्षेत्र न. ७, क्षेत्र न. १ को धकधई र क्षेत्र ६ को मर्चवार क्षेत्रमा आमसभा सम्पन्न गरिएको सो पार्टीले जनाएको छ ।
सो अवसरमा अध्यक्ष पासवानले ठूला दलहरुका कारण संविधान बन्न नसकेको भन्दै त्यसका विरुद्ध दोस्रो संविधानसभामा जनजाती पार्टीलाई जिताउन आग्रह गरेका थिए । पासवनाले पार्टीका कार्यक्रमका साथै दलित सेवा संघले भैरहवामा आयोजना गरेको कार्यक्रममा सहभागि भएको सचिव किस्मत विश्वकर्माले बताए ।

No comments:

Post a Comment