कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य गोविन्द विश्वकर्माले समाज परिवर्तनका लागि दलित समुदाय संगठित भएर लाग्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा माडीबाट एस.एल.सी मा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थी सुनिल विश्वकर्मा सहित उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मुक्ति मोर्चाका केन्द्रीय सदस्य खेम परियार, मुक्ति समाज नेपालका केन्द्रीय सल्लाहकार रामसिंह विश्वकर्मा, मुक्ति समाज चितवनका अध्यक्ष सहदेव लकान्द्री, दलित मुक्ति मोर्चा चितवनका अध्यक्ष बाबुराम प्यासी परियारको आतिथ्यता रहेको थियो । नेपाली समाजमा विद्यमान रहेको जातिय, बर्गिय, लैंगिक विभेदको अन्त्य गर्नु जरुरी रहेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । कार्यक्रममा दलित वर्ग उत्थान समन्वय समिति बघौडाका अध्यक्ष शिव वि.क.को अध्यक्षता रहेको थियो ।
माडीको बघौंडा गा.वि.स.मा क्रियाशील दलित वर्ग उत्थान समन्वय समिति, बघौंडाले यसअघि दलित विद्यार्थीहरुलाई अध्ययन छात्रवृत्ति वितरण तथा दलित एवं गैरदलित समुदायबिच सहभोज लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ भने बघौंडा गा.वि.स.लाई जातीय छुवाछुत मुक्त क्षेत्र घोषणाको पहल अगाडि बढाइएको र विपन्न दलित समुदायको आर्थिक उपार्जनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको समितिका अध्यक्ष बि.क.ले माडी खबर अनलाइनलाई जानकारी दिनुभयो ।
(२०७० भदौ १४)
No comments:
Post a Comment