‘दलित जनजागरण महिला समुह’ ले गांउमा परिवर्तन र आर्थिक स्वावलम्बन बनाउदै

स्थित विद्यानमार्गका महिलाहरु महिला समुह गठन गरी गांउ परिवर्तन मात्र नभएर आर्थिक स्वावलम्बन बन्न सफल भएका छन् । तीन वर्षअघि देखि नै स्थापना भएको ‘दलित जनजागरण महिला समुह ’ ले छिमेकमा बसेर नयाँ नयाँ कार्यहरु गर्दै आएको समुहकी अध्यक्ष मिरा बराईलीले बताईन् ।
दलित महिलाहरु एकजुट भएर आर्थिक रुपमा दरिलो र समाजमा उत्पन्न हुने समस्या समाधानमा पनि उनीहरु जुटिरहेका छन् । समाजमा भईरहेका समस्या समाधानका लागि आफना समुहमा भएका महिलाहरु सदैव लागि परिरहेको समुहकी अध्यक्ष बराईलीले बताईन । पहिला समुह गठनगर्दा थोरै मात्रामा महिलाहरुको उपस्थिति रहेको थियो भने अहिले आफु मात्र नभएर अन्य दलित महिलाहरुलाई पनि समुहमा आवद्ध गराउन महिलाहरु लागिपरेका छन् ।
अहिले समुहमा ३६ जना दलित महिलाहरु रहेका छन् । समुहमा २१ देखि ५५ वर्ष उमेर समुहका दलित महिलाहरुको सहभागि छन् । धेरै संख्यामा धरान १६ कै महिलाहरु छन् भने केही मात्रामा वडा नम्बर १८, १२ र १३ का महिलाहरु पनि यस समुहमा आवद्ध छन् । पहिलो पटक समुह गठन गर्दा १ वर्ष सम्म मासिकरुपमा ५० रुपैंया संकलन गरेका थिए ।     अर्को एक वर्षसम्म २ सय र अहिले भने मासिक ५ सय रुपैंया सम्म बचत गर्दै आएको अध्यक्ष बराईलिले बताईन । उनी भन्छिन्,–‘सुरुसुरुमा त दलित महिलाहरुलाई समुहमा आवद्ध गराउन धेरैनै गार्हो भएको थियो तर पछि गएर उनीहरुलाई  समुहका बारेमा बुझाउदै जादा उनीहरुले बुझे ।’
अहिले हाम्रो कसैलाई ऋण चाहिएमा समुहमै मासिक रुपमा जम्मा भएको रकम दिने गरेका छौं ।’ समुहका महिलाहरुलाई पैसाको आवश्यक पर्दा सुरुमा समुहकी अध्यक्षलाई जानकारी गराउनुपर्दछ, अनि प्रत्येक महिनामा बसिने बैठकबाट को–कसको पालो छ ऋण लिने उनीहरुलाई जनही ५ हजार रुपैंयादेखि , पन्ध्र हजार रुपैंयासम्म ऋण उपलब्ध गराउदै आएको अध्यक्ष बराईलीलले बताईन ।
महिलाहरुलाई आर्थिक रुपमा केही समस्याहरु आएमा समुहकै महिलाहरु मिलेर साथ दिदै आएका छन् । महिला महिलामा समाजमा भईरहेका नकारात्मक दृष्टिकोण लाई हटाउन मात्र नभएर दलित महिलाको आर्थिक, बौद्धिक, बोल्न सक्ने क्षमतालाई बढाउनका लागि पनि समुह गठन गरेको अध्यक्ष बराईली बताउछिन् ।
उनी भन्छिन्, ‘ऋण दिदा समुहमै आवद्ध भएका महिलाहरुलाई सय कडा डेढ रुपैंयाका दरले ब्याज दिदै आएका छौं, । धरान १६ मा अवस्थित दलित जनजागरण महिला समुह ३ वर्षदेखि यसरी नै दलित महिलाहरुको आर्थिक स्थिति बढाउन विभिन्न कार्यहरु गर्दै आएको छ ।     समुहमा आवद्ध भएका महिलाहरुको घरमा आर्थिक समस्या, दुख, बिमार पर्दा, घरका मान्छेको मृत्यु हुंदा समुहकै महिलाहरु एक आपसमा मिलेर आफनो क्षमता अनुसार आम्दानी हुन्छ, त्यही अनुसार पैसा संकलन गरेर दिने गर्छन् । त्यसैगरी, हरेक महिनाको २९ गते समुह भेला भई छलफल गर्ने गर्छन् । छलफल कार्यक्रममा अहिले भने उनीहरुले जनही ५ सय रुपैंया बचत गर्दै आएमा छन् । यसरी समुहबाट ऋण लिएर समुहका सदस्यहरुले कुखुरा पालन, सुंगुर पालन पनि गर्दै आएका छन् । समुह गठन गर्नु अगाडि विद्यानमार्गका महिलाहरु एकआपसमा त्यती मेलमिलिाप थिएन् भने महिलाहरुले विभिन्न समस्याहरु पनि झेल्दै आएको समुहका सदस्यहरुको भनाई छ ।
समुह गठन भएपछि आर्थिक समस्याहरु समाधान हुन मात्र नभएर छिमेकमा राम्रो सम्बन्ध भएको धरान १६ कि सिता रामदामले बताईन । उनी भन्छिन् ‘पहिला त आफुहरुलाई खर्चको अभाव हदा, घरको समस्या हुदा गरगहना धरौटी राख्नुपथ्र्यौ तर अहिले भने गरगरहना, धरौटी राख्नुपर्ने अवस्थालाई पार गरेका छौं ।’समुह गठन भएदेखि छिमेकीलाई समस्या पर्दा सबैले सहयोग गर्नुपर्ने चेतना जागेको रामदामको भनाई छ । दलित महिलाहरुको समुह गठन गरेर एक आपसमा माया, स्नेह मात्र नभएर घरायसी समस्या पनि टर्दै गएको छ ।’ यस्तै अर्की सदस्य देवी रसाईली भन्छिन् ‘समुहमा आवद्ध भएपछि पैसाको आवश्यक हुदा समुहमै ऋण लिने गर्छु, खर्च टर्छ ।      
अहिले हाम्रो समुहका महिलाहरुमा दुख पर्दा एक अर्कालाई साथ दिने गछौं ।’ रसाईलीले धरान १६ स्थित लेखनाथ चौकमा विगत ४ वर्ष देखि ग्रलि पसल संचालनमा ल्याएकी छिन् । केही वर्ष अघि गृल संचालनमा समस्या पर्दा समुहबाटै ऋण लिएर सो गृल पसल चलाएकी स्मरण गर्दै आय आर्जनकोलागि समुहले सहयोग गरेको बताईन । ‘सबैको मन मिलेमा थोपा थोपा मिलेर समुन्द्र बनाउन सकिन्छ भन्ने कुरालाई हामीले गरेर देखाउन सफल भएका छौं र आगामि दिनमा पनि समुहमा आवद्ध हुने महिलाहरुका लागि थप नया नया कार्यक्रमको आयोजना गर्ने छौं समुहकि अध्यक्ष बराईलिले बताईन ।
साभार :लक्ष्मी दर्नाल/मेरो उदयपुर

No comments:

Post a Comment