दलितको रगतबाट जीवनदान पाइन् महिलाले

 रौतहट, मन्दिर प्रवेश, भातभान्सा र पानीमा समेत जातीय छुवाछुतको भावना राख्ने गैरदलित समुदायका एक महिलाले दलित समुदायकै एक युवकको रगतबाट जीवनदान पाएकी छिन्। नेपाल प्रहरीमा कार्यरत दलित समुदायका प्रहरी जवान दीपेन्द्र रामले दिएको रगतबाट गौर अस्पतालमा उपचार गराइरहेकी गैरदलित समुदायकी सुत्केरी महिला सुविता साहले जीवनदान पाएकी हुन्।

सुत्केरी भएर एक छोरीलाई जन्म दिएकी लक्ष्मीनियाँ गाविस–९ भैसहीटोल निवासी २३ वर्षीया सुविता साहको अत्यधिक रक्तश्रावका कारण मृत्युको
संघारमा पुगेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान दीपेन्द्र रामले रगत दिएर जीवन बचाइदिएका हुन्। जातीय भेदभाव र छुवाछुतले जरो गाडेको नेपाली समाजमा यो अनुकरणीय उदाहरण बनेको छ। गत असार ३ गते सुविता साहले छोरी जन्माएपछि अत्यधिक रक्तश्रावले उनी मूच्र्छित बनेकी थिइन्। अत्यधिक रक्तश्रावका कारण सुविता साहको शरीरमा रगतको कमी भएपछि गत पाँच दिनदेखि उपचारार्थ गौर अस्पतालमा भर्ना गरिए पनि रगतको अभावमा प्रभावकारी उपचार हुन सकिरहेको थिएन तर दलित समुदायकै प्रहरी जवानको रगतले श्रीमतीको ज्यान जोगिएको भन्दै आफू हर्षित भएको उनका श्रीमान् जितु साहले बताए। रगतको कमीले उपचारार्थ अस्पताल भर्ना गरिएकी सुविता साहको रगत समूह बी पोजेटिभ कुनै पनि सम्बन्धित निकायमा नभेटाएपछि सहयोगको याचना गर्दै उनका श्रीमान् जितु साह जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेपछि प्रहरी जवान दीपेन्द्र रामले रगत दिएका हुन्। रगतको अभावमा भौंतारिएका बिरामी सुविता साहको श्रीमान्ले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक गोविन्दराम परियारलाई सहयोग गर्न आग्रह गरेपछि उनकै सहयोगमा प्रहरी जवान दीपेन्द्र रामले रगत दिएर उनको श्रीमतीको ज्यान जोगाइदिएका हुन्।

विरामीको रगत समूह बी पोजेटिभ रहेकाले मिल्दो तीनै दलित समुदायका प्रहरी जवानको रहेकाले उनले रगत दिएर जीवनदान दिएका हुन्। दलित समुदायकै युवकबाट रगत पाएर श्रीमतीको उपचारमा सहयोग पुगेपछि उनका श्रीमान् जितु साह दंग परेका छन्।
- साभार:-newsofnepal

No comments:

Post a Comment