युएईमा हेल्प राइज फोरमद्वारा पिकनिक तथा शुभकामना कार्यक्रम सम्पन्न

“सद्भाव र उत्थानका लागि एकता” भन्ने मूल नारा सहित सुरु भएको जातिय भेदभावको आधारमा सबैभन्दा पछाडी पारिएका समुदायका बीच एकता र नेपालमा रहेका विप्पन्न वर्गको उत्थानका निम्ति एकीकृत प्रयास गर्ने अभियान स्वरुप स्थापना भएको सहयोग उत्थान मञ्च, युएई (Help Rise Forum, UAE) ले युएईको साफा पार्कमा नेपाली हिन्दुहरुको महान चाड बडा दशैं तथा मुसलमान धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा एक बृहत शुभकामना कार्यक्रम तथा पिकनिक कार्यक्रम सफलतापुर्वक रुपमा सम्पन्न गरेको छ ।
युएईको विभिन्न क्षेत्रबाट १५० भन्दा बढीको संख्यामा उपस्थित जातिय भेदभावको आधारमा पछाडी पारिएका समुदाय लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार र कलाकारहरुको अपूर्ण जमघटले नेपाली राजदुताबास अबुधाबीबाट पाल्नु भएका महामहिम राजदुत श्री धनन्जय झाको हातबाट बडा दशैँको टीका ग्रहण गरेका थिए भने उच्चस्तरको ब्यबस्थापन र स्तरिय क्याटरिङ्ग सेवाले सहभागी सबै प्रभावित भईरहदा नेपालका राष्ट्रिय कलाकार श्री युबराज हिङ्गमाँग, स्थानीय लोक गायक श्री गोपी कृष्ण पंगेनी, गायक श्री प्रविन बिक लगायतका कलाकारहरुको आकर्षक सांगीतिक प्रस्तुतिले सहभागीहरुलाई कम्मर मर्काइ-मर्काइ नाच्न बाध्य तुल्याएको थियो ।

भेला जमघटमा परम्परागत तरिकाले हुने गरेको लामो औपचारिक कार्यक्रम भन्दा विल्कुलै फरक पाराले प्रस्तुत गरिएको शुभकामना कार्यक्रममा सहयोग उत्थान मञ्च, अन्तराष्ट्रिय समन्वय समितिका सह संयोजक श्री बाबुराम विश्वकर्माले छोटो स्वागत मन्तव्य दिनु भएको थियो भने पहिलो वक्ता राजदुत महामहिम श्री धनन्जय झा ज्युले बडा दशैंको उपलक्ष्यमा शुभकामना संदेश दिंदै भन्नु भयो, “हामीले पछाडी पर्नुका आफनै कारणहरु पनि पहिल्याउनु पर्छ र समाजमा कसरी अगाडी बढन सकिन्छ, त्यतातिर केन्द्रित् हुनु पर्छ” । त्यसै गरि सो पिकनिक तथा बडा दशैं शुभकामना कार्यक्रमका संयोजक तथा दोश्रो अनि अन्तिम वक्ता तथा सहयोग उत्थान मञ्च, अन्तराष्ट्रिय समन्वय समितिका संयोजक श्री टीका दत्त शिवा ज्युले शुभकामना संदेश दिंदै भन्नु भयो, “हामी मात्र राजनीतिक रुपमा पछाडी परेका छैनौ, हामी राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, धार्मिक लगायत सबै क्षेत्रमा पछि परेका छौं भने हाम्रो देश पनि अन्य देशको तुलनामा सबै क्षेत्रमा पछि परेको छ। त्यसैले हामीले हाम्रो समुदायको उत्थानका निमित्त प्रयास गर्नु आफ्नो परम कर्तव्य र दायित्त्व हो, यहि सामाजिक दायित्वलाई पुरा गर्न सहयोग उत्थान मञ्चको जन्म भएको हो जुन गैर राजनैतिक चरित्रको संगठन हो भने समतामुलक र उन्नत नेपाली समाजको निर्माणमा टेवा पुर्याउनु नै यस संगठनको उदेश्य रहेको छ जसको सुरुवात युएईबाट भएको छ भने संसारभर फैलिदै नेपालमा नै कार्यक्षेत्र बनाई त्यहाँ जातिय भेदभावको आधारमा सबैभन्दा पछाडी पारिएको समुदाय तथा विपन्न वर्गको उत्थानको निमित्त योगदान पुर्याउनु नै रहेको छ साथै वहाँले यस पवित्र अभियानमा जुटन सबैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा हेल्प राइजर श्री सुरेश परियार ज्युको कृति कविता सङ्ग्रह “विहानी” महामहिम राजदुत श्री धनन्जय झा ज्युबाट विमोचन गरिएको थियो भने सोहि कविता संग्रहको केहि कविताहरु समेत सो अवसरमा वाचन गरिएको थियो । विहान ११ बजे देखि शुरु भएको खानपिन, नाचगान, शुभकामना एबम विचार विमर्शमा केन्द्रित उक्त कार्यक्रमको सफलतापुर्वक आयोजना गरेकोमा आयोजक हेल्प राइज फोरमलाई धन्यवाद दिंदै सहभागीहरु बडा दशैं र हेल्प राइज अंकित केकको स्वाद लिंदै बेलुकी ७:३० बजे आ-आफ्नो गन्तव्य तिर लाग्नु भयो ।

साभार :- सहयोग उत्थान मञ्चको फेसबुक बाट


No comments:

Post a Comment