इम्पावोर दलित वूमन अफ नेपाल' (एड्वन) कि संस्थापक डा. बिष्णुमाया परियार सम्मानित

काठमाडौं- गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समिती (एनआरएन आईसिसी) ले बिदेशमा रहेर नेपाललाई चिनाउने योगदान गरेको भन्दै तीन एनआरएन नेपाली महिला ब्यक्तित्वहरुलाई सम्मान गरेको छ। त्यसरी सम्मानित नारीहरुमा अमेरिकाबाट डा. बिष्णुमाया परियार, अस्ट्रेलियाबाट ईन्द्र बन र साउथ अफ्रिकाबाट रन्जना उदास रहेकाछन्।

अक्टोबर १८ तारिख शुक्रबार काठमाडौंको सोल्टी होटेलमा छैठौं एनआरएन विश्व सम्मेलनको पूर्व सन्ध्यामा आयोजित महिला प्रि-कन्फेरेन्स सम्मेलनमा संघका अन्तरराश्ट्रिय अध्यक्ष जिवा लामिछानेले ति महिला ब्यक्तित्वहरुलाई
कदर ताम्रपत्रद्वारा सम्मान गरेका थिए।संघको अन्तरराश्ट्रिय महिला संयोजक रन्जु थापा र उपसंयोजक राधा बस्नेतले सम्मानितमहिला ब्यक्तित्वहरुलाई पुष्प गुच्छाद्वारा स्वागत गरेका थिए।

सम्मानित मध्ये डा. परियार 'इम्पावोर दलित वूमन अफ नेपाल' (एड्वन) कि संस्थापक हुन्। उनको संस्था एड्वनले बिगत दश बर्षदेखि नेपालका ७ बिभिन्न जिल्लाका झन्डै १२ हजार बालबालिका र अढाइ हजार महिलाहरुलाई शिक्षा, शसक्तिकरण र आर्थिक स्वाबलम्बनका परियोजनाहरु सन्चालन गरी सेवा उपलब्ध गराइसकेको छ।उनी संयुक्त राष्ट्र संघीय एशोसिएसनको 'पर्डिता हड्सन मानब अधिकार पुरस्कार' (२००७), वर्ल्ड बैंक फ्यामिली नेट्वोर्कको 'मार्गरेट म्याक्नमारा मेमोरियल पुरस्कार (२००६), 'नेपाल सम्मान' (२०११), डा. अंबेड्कर पुरस्कार (२००३) लगायत दुई दर्जन राष्ट्रिय र अन्तरराश्ट्रिय पुरस्कारद्वारा सम्मानित ब्यक्तित्व हुन्।



source:
Usnepalonline Nepal

No comments:

Post a Comment