गौरापर्वमा दलितमाथि हुने विभेद कायमै

बैतडी, गौरापर्वमा दलितमाथि हुने विभेद कायमै रहेको पाईएको छ । गौरादेवीको प्रतिमा छुन नहुँने, बिरुडा ( पञ्च अन्न) दलितले बनाउनन नहुँने, बनाए पनि गौरादेवीलाई नचढ्ने, दलित महिलाहरुले उपसाना गरी दुबधागो लगाउन नहुँने लगाायतका विभेद अझै हट्न सकेका छैनन् ।
धार्मीक मान्यता अनुसार गौरी (पार्वती) ले शिवलाई पाउन उपासन गरेको किवदन्तीमा आधारित सुदूर पश्चिममा मनाईने गौरा पर्वमा दलितहरुले विरुडा पाउन गैर दलितको भर पर्दै आएको पाईएको छ । गौरा पर्वको शुभ मुहुर्तमा बाजा बजाउन भने दलित नभई हुँदैन । यस्तै दलितले सिलाएका लुगा धोएर गौरा पर्वमा शुद्ध गरेर लगाउने चलनले पनि विभेद कायमै रहेको पुष्टि गरेको  छ ।
धार्मीक विधि अनुसार गौरीको प्रतिमा बनाई पतिको दीर्घायु तथा राम्रो पति पाउन महिलाहरु उपासना बसेर घाँटीमा दुबधागो लगाउने चलन छ । तर, यो दलित महिलाहरुका लागि भने बर्जित गरिदैं आएको पाईएको छ ।
धर्म शास्त्रमा दलितहरुले गौरीको प्रतिमा बनाउन नहुँने र बिरुडा भिजाउन नहुँने कतै उल्लेख नभएको र यो मान्छेले धर्मका नाममा चलाएको सामाजिक कुरिति भएको दलितहरुमाथि हुने विभेदका विषयमा पिएचडी गर्दै गरेका बैतडीका केदारचन्द्र भट्ट बताउनुहुन्छ । भट्ट भन्नुहुन्छ– “राम्रो श्रीमान र राम्रो पत्नी पाउन सबै मान्छेको उत्तीकै ईच्छा र चाहना  हुन्छ , यस्तो पवित्र सोचाका लागि किन दलितलाई वञ्चित  गर्ने ?” पश्चिमा संस्कृतिले गर्दा गौरा पर्वको ओज र गरिमा घटदै गईरहेकाले यस्ता सामाजिक कुरिति हटाएर दलित गैर दलितले सामूहिक रुपमा एकैनासले गौरा पर्व मनाउनु  पर्ने उहाँको भनाई   छ ।

No comments:

Post a Comment