पहिलो पटक गुल्मीमा दलित युवा चुनावी सारथी

प्रेम सुनार कार्तिक–१४, गुल्मी ।
गुल्मीमा पहिलो पटक दलित समुदायका युवा एक पार्टीबाट चुनाव परिचान समितिको सारथी बन्ने अवसर पाएका छन् । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष कृष्ण बिश्वकर्माले यस्तो अवसर पाएका हुन् ।एमालले उनको संयोजकत्वमा ४ सय ११ सदस्यी निर्वाचन परिचान समिति गठन गरेको छ , जसका उनि संयोजक हुन् ।

 सो पार्टीका जंग नेपाली, गणेश श्रीपाली, शंकर नेपाली, एमाओवादीका महेन्द्र विसी, नेकपा–माओवादीका सुरेन्द्र नेपाली विगतमा युवा संगठन र विद्यार्थी संगठनको नेतृत्वमा रहे पनि चुनावमा युवाहरुको नेतृत्व सम्हाल्ने अवसर पाएका बिश्वकर्मा नै पहिला हुन् ।
संयोगको कुरा एक दलित कृष्णले चुनाव परिचालन कमिटीको नेतृत्व गरेका छन् भने अर्का दलित युवा सुरेन्द्र नेपालीले नेकपा–माओवादीको विद्यार्थी संगठनबाट चुनाव वहिस्कार कमिटीको नेतृत्व सम्हालेका छन् । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष रहेका नेपाली मुसिकोट गाविसका हुन् । २०६४ को चुनावमा नेपाली नफुटदाको माओवादी वाईसियल जिल्ला परिचान समितिमा थिए भने हालको एकिकृत नेकपा माओवादीका महेन्द्र विसी अखिल क्रान्तिकारीको अध्यक्ष रहेर विद्यार्थीहरु परिचान गरेका थिए ।

यसरी चुनावमा दलित समुदायबाट युवाहरुको नेतृत्व सम्हाल्नेअवसर पाएकोमा उनि गर्व लागेको बताउँ छन् । ‘ यसलाई मैले महत्वपुर्ण अवसका रुपमा लिएको छु ’उनले भने –‘जिल्ला कमिटीले ४ सय ११ जनाको चुनाव परिचान समितिको नेतृत्व दिएको छ , यो जिम्मेवारीलाई मैले शसक्त ढंगले निभाउने छु ।’उनले चुनावको एक महिना अघि देखि नै तिन वटै क्षेत्रिय , र ७९ वटै गाविसमा गाविस स्तरिय चुनाव परिचालन समिति गठन गरेर चुनावी खटन पटनलाई चुस्त पारेको बतउँछन् । उनलाई २०६९ असौजमा भएको युवा संघ नेपालको ८ औं जिल्ला अधिवेशनले अध्यक्षमा निर्वाचित गरेको थियो । ३१ वर्षिय बिश्कर्माको घर पौदी अमराई गावि वडा नम्वर १, अरेवामा पर्दछ ।
साभार : ebaglung

No comments:

Post a Comment