भारतीय दलित आन्दोलनको इतिहासमा महात्मा ज्योतिबाबा फुुले र
बडौदाका महाराज सदाजिराव गायकवाडको नाउँ श्रद्धा पूर्वक लिइन्छ । गैरदलित
हुुँदाहँुुदै पनि यिनले त्यहाँको आन्दोलनमा ठूलो योगदान पुुर्याए
।
ज्योतिबाबाले महाराष्ट्रमा १९ सौं शताब्दीको मध्यतिर हिन्दु धर्मभित्र
भएको दलित माथिको अत्याचारविरुद्ध निकै सुुधारका काम गरेकाले डा.
अम्बेडकरले समेत उनीबाट धेरै प्रेरणा पाएका थिए । सदाजिरावले बेलायतमा
पढाउन छात्रवृत्तिको व्यवस्था नगरिदिएको भए अम्बेडकर अम्बेडकर नै हुुन
सक्थे वा सक्दैन थिए, अनुुमान गर्न गाह्रो छ ।
भारतजस्तै छुुवाछूतको
समस्याले ग्रस्त छ नेपाल । तर भारतमा जस्तो गैरदलितमा प्रखर सुुधारवादी
नदेखिए पनि यस क्षेत्रमा खडेरी परेकै चाहिँ होइन । दलित आन्दोलनले श्रद्धा
पूर्वक लिनुुपर्ने बाहुुन समुुदायका केही व्यक्ति छन्् । मलाई तीन जनाको
नाउँ थाहा छ । सबैभन्दा अगाडि आउने नाउँ हो, पण्डित छविलाल पोख्रेल ।
राणाकालीन
समयदेखि नै छुुवाछूत धर्म संगत छैन भन्दै दलित नेता स्वर्गीय
जदुुवीर रसाइली, हीरालाल विश्वकर्मा तथा टीआर विश्वकर्मा, जवाहर रोकालाई
स्कुुल भर्ना गराइदिई शिक्षा दिलाउन उनले मद्दत पुुर्याएका थिए । यिनले
शिक्षा प्राप्त नगरेका भए दलित आन्दोलनको त्यो कालखण्ड नेतृत्वविहीन हुुन
सक्थ्यो । अर्का सुुधारक हुुन्् पथिक कवी लक्ष्मी आचार्य । वेद शुुद्र तथा
महिलाले पढे जिव्रो थुुतिदिने र सुुनेमा कानमा सिसा पगाली हाली दिनेसम्मको
सजाय तोकिएको अवस्थामा वेदको उज्यालो कस्तो छ भनी पुुस्तकलेखी दलितका बीचमा
प्रचार गरेका थिए ।
यसरी प्रचार गर्दा उनले कट्टरवादीको निकै खप्की
खानुपरेको थियो ।यिनै सन्दर्भमा पछिल्लो समयका सुुधारवादी पण्डित थिए
नारायण पोखरेल । यज्ञ/महायज्ञ हिन्दुुका ठूला कर्मकाण्ड हुुन्् । मन्दिर
प्रवेशमा झैं दलितलाई यज्ञ प्रवेश गर्न रोक लगाइन्थ्यो । तर वाचन शिरोमणि
एवं विश्व हिन्दुु महासंघका अध्यक्ष पोखरेलले दलितलाई औपचारिकरूपमै
कर्मकाण्डमा ल्याएर सम्मान दिलाए । त्यस्तै छुुवाछूतको व्यवहार धर्म सम्मत
छैन, मानिसको केवल दुुईजात मात्र छ भन्दै हिंडे । ०५७ तिर चितवनको
भरतपुुरमा सांसद् ऋषिबाबुु परियारको अध्यक्षतामा भएको श्रीमद्् भागवत
सामाजिक एकता महायज्ञ पनि वाचनशिरोमणिले उत्तिकै श्रद्धा र निष्ठा पूर्वक
गरिदिए । दलित नेताकै अगुुवाइमा भएको यज्ञ भए तापनि सम्भवतः उनैको
उपस्थितिका कारणले हुुनसक्छ सबै जात र वर्गकालाई समान सहभागिता दिलाइयो ।
यदि उनी धर्ममा सुुधार ल्याउने पक्षमा नभएका भए दलित नेताको अगुुवाइमा भएको
यज्ञमा नजान पनि सक्थे । ऋषिबाबुुले बरु हामी दलित आन्दोलनकारीसँग गुुनासो
गरे, 'साथीहरू ल्ााठो खानुुपर्ने मन्दिरमा केके नै पाइन्छ भनेर तछाड मछाड
गर्छन्, तर सामाजिक सद््भावका लागि दलितकै अगुुवाइमा भएको यज्ञमा दलितले नै
चासो दिँदैनन्, यो कस्तो बिम्डवना ! सद््भाव र समानता खोजेको हो भने त
दलितले यसमा बढीभन्दा बढी चासो राख्नुुपर्ने हो ।
'पण्डित पोखरेलले नै वाचन
गरिदिएकाले आफ््नो अध्यक्षतामा भएको यज्ञलाई गैरदलितले पनि बढो सहजतापूर्वक
लिएर सहभागिता जनाएकोमा परियार प्रसन्न थिए । पोखरेलको अभियान यत्तिमा
मात्र सीमित छैन । पर्वतमा भएको यज्ञमा पनि दलितलाई त्यत्तिकै आदरपूर्वक
समावेश गरेकाले त्यहाँको विकासमा अरूले जस्तै दलितले पनि दिल खोलेरै
लाखौंको चन्दा दिए । उनले एउटा दलित पक्षीय रेडियो कार्यक्रममा अन्तर्वाता
दिंदा पत्रकारले सोधे, 'तपाईंले पैसाकै लागि मात्र दलितलाई यज्ञमा सम्मान
दिनुभएको हो कि यसलाई अभियानकै रूपमा लैजानुु भएको छ ?' बडो सहजताकासाथ
पोखरेलले जवाफ दिए, 'अभियानकै रूपमा लगेको छुु, नपत्याए यज्ञमा आएर
हेनर्ुुस् ।' हामी दलित आन्दोलनकारीले बुुझैकै कुुरा हो विभेदको मूलजड
मनुुस्मृतिलाई धर्म तथा आचरणको प्रमुुख स्रोत मान्नेहरू हुुन् । अतः यसले
प्रतिपादित गरेका कुुरा व्यवहारमा खण्डन नगरी धर्मबाट हुुने विभेद हटाउन
सकिंदैन । यदि हिन्दुु धर्ममै रहेर समानता खोजेको हो भने यसभित्र
ल्याउनुुपर्ने सुुधार धेरै छन्् । यस्ता सुुधार दलित आफैंले दबाव मूलक काम
गरेर १ प्रतिशत ल्याउन सकिन्छ भने, गैरदलित समाज सुुधारकले १० प्रतिशतभन्दा
बढी ल्याउन सक्छन्् । यस्तोमा पण्डित नारायण पोखरेल जस्ताले त्यसको २/३
गुुणा बढी ल्याउन सक्छन्् र ल्याइरहेका पनि थिए ।
विश्व हिन्दुु महासंघकै
कुुरा गर्ने हो भने यसभन्दा अघिको केन्द्रीय समितिमा देवनारायण घतानीलाई
सदस्यका रूपमा मनोनीत गरिएको थियो, तर त्यसलाई आलंकारिकता भन्दा बढी केही
बनाइएन, तर पोखरेल अध्यक्ष भएपछि आलंकारिकताको परम्परा तोडेर व्यवहारमा
समानता दिलाउने अभियान चलाइयो । अतः जातपातको माखेसाङ्लोमा जकडिएको
हिन्दुधर्ममा सुुधारका बाटा खोल्नुुलाई कम आँक्न मिल्दैन । हिन्दुु धर्मका
यस्ता प्रखर नेपाली समाज सुुधारक आज हामीबीचमा छैनन्् । यस्ता सुुधारक
मुुस्किलले एक युुगमा एकचोटि मात्रै प्रकट हुुन्छन्् । अतः हिन्दुु
धर्मभित्रै समानता खोजेको दलित आन्दोलनले एउटा प्रखर सुुधारकलाई गुुमाएको छ
। यो राष्ट्रको क्षति त हो नै, हामी समानताका लागि लड््ने आन्दोलनकर्मीका
लागि पनि अपुरणीय क्षति हो । जे भए पनि उनी अब फर्की आउने सम्भावना छैन तर
मलाई विश्वास छ सुुधारवादी दलित आन्दोलनले उनको नाउँ श्रद्धा पूर्वक
लिइरहनेछ । मलाई विश्वास छ पोखरेललाई आदर्श मान्ने गैरदलितले पनि उनको
अभियानलाई निरन्तरता दिनेछन्् ।
साभार :- कान्तिपुर
No comments:
Post a Comment