उपल्ला जातिको छुद्र व्यवहारका कारण अबदेखि कुनै पनि ठाउँमा बाजा नबजाउने

जुम्ला, सदरमुकाम मुगुबाट दुई दिन टाढा पर्ने सोरु भेकको नार्थपु गाविसका दलितको चार थान परम्परागत बाजा सोही गाविसका ठकुरीहरुले कब्जामा लिएका छन् ।  गएको असार ३० गते उक्त गाविस ५ का सोवीन्द्र शाहीको विवाहमा बाजा बजाउन गएका वडा नं. ४ का दलितहरुलाई दमाहा निर्माणको तामा आफैँले दिएको भन्दै ठकुरीहरुले चार थान दमाहा खोसेर लिएकाले आफूहरु पेसाविहीन भएको मकरसिंह नेपालीले बताउनुभयो ।

हिन्दु परम्पराअनुसार दसैं, तिहारलगायतका चाडपर्व, पूजाआजा र व्रतबन्धमा बाजा नबजाएकाले बाजा खोसिएको ठकुरी जातिको भनाइ छ ।परापूर्व कालदेखि आफूहरुले विभिन्न देवीदेवताको पूजा तथा मेलामा एक पाथी अन्नमा बाजा बजाउने गरेको तर उपल्ला जातिको छुद्र व्यवहारका कारण अबदेखि कुनै पनि ठाउँमा बाजा नबजाउने दलितहरुले बताए ।

No comments:

Post a Comment