दलित एकता सन्जाल नेपाल कुवेतले आउदो डिसेम्बर १३मा बृहत अधिबेशन गर्ने

www.facebook.com/DalitSolidaritynepal
प्रदिप नेपाली,कुवेत, नेपाली समाज कुवेतमा भर्खरै स्थापित भएको दलित एकता सन्जाल नेपाल कुवेतले आउदो डिसेम्बर १३ तारिकमा आफ्नो बृहत अधिबेशन गर्ने भएको छ |गत सेप्टेम्बर २७ मा कुवेतमा रहेका दलितहरुको एउटा भेलाले आशा बहादुर नेपालीको संयोजकत्वमा एउटा ३३ सदस्य तदर्थ समिति गठन गरिको थियो त्यसको २ हप्ता पछी मालिया नजिकै कम्युनिटी पार्कमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो र संस्थाका संयोजक आश बहादुर नेपालीले बताउनु भयो |
कुवेत नगरिमा भएका दलित वर्गहरुलाई समेटी सक्तो आँकडा संकलन गरी अधिवेशन भब्यताका साथ सफल गरिने भएको छ |जन्म थलो नेपाल भए पनि कर्म थलो
कुवेतमा रहनु हुने सम्पूर्ण दलित बर्गिय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा जो जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ हाम्रा प्रवासी जिवनमा अनेक प्रकारका समस्याहरु आइपर्छन र तिनको समाधानका लागि हामी संगठित हुनु पर्ने टड्कारो आबस्यकता देखि संगठित भइ अगाडी बढेको कुरा यहाँहरु समु पस्कन चाहन्छौं |
विगत लामो समयको छलफल र भेला पश्चात दलितहरुको भब्य अधिवेशन गर्न लागिएको हो दलित वर्गहरुलाई अछुत र सानो जात भन्ने कुरा वेदमा पनि लेखिएको छैन,दलितलाई गलित बनाउने प्रक्रिया यो २१ औं शताब्दी सम्म पनि चली रहेको हुनाले यसका लागि हामी अग्रसर हुनु पर्छ भन्ने हाम्रो मान्यता हो| फेरी थप्दै भन्नु हुन्छ कुवेतमा मात्र नभई विश्वको अन्य मुलुकहरुमा दलित एकता सन्जाल विस्तार भइ सक्रियताका साथ अगाडी बढेको कुरा पनि जानकारी गराउन चाहन्छौ त्यसैले यहाँ जति पनि नेपाली दलित समुदाय हुनुहुन्छ सबैलाई एकिकृत गर्ने लक्ष्य रहेको छ |
त्यसैले आउदो अधिवेशनमा सबैको नैतिक,आर्थिक र आफ्नो क्षमता अनुसारको सहयोगको खाँचो रहेकोले सहयोगको अपेक्षा पनि गरिएको छ | उक्त दिन सम्पूर्ण सुभचिन्तक अनुयायी मित्रहरुमा गरिमामय उपस्थितिको लागि हार्धिक अनुरोध पनि गरिएको छ |
जानकारीकोलागि: ५५०७२२७८,६५१४३४७२,६६५४८१५०,५५१४२३१२,५५३२४७३०,५५७०८४४५,५५३०२९९०,६०६५३०५२,
पदाधिकारीहरुको नाम निम्नानुसार रहेका छन् |
संयोजक:आश बहादुर नेपाली
सहसंयोजक: उप+संयोजक शिवा घामल,भुमा रसाइली
महासचिव: जिबन सुनार
सचिव: प्रदिप नेपाली
कोषाध्यक्ष: कृष्ण सुनार
सहकोषाध्यक्ष: कुमार नेपाली
सल्लाहकारहरु:हित काजी चन्दर,
रेशम वि:क,अनिल रसाइली,सन्तोष सुनार,कृष्ण वि:क,पुरुसोतम सुन्दास,सन्तोष नेपाली,राजेन्द्र बिरही आदि रहेका थियो | भने अरु सवै सक्रिय सदस्यका रुपमा रहने कुरा उक्त भेलाले जनाएको थियो !
साभार : दलित सन्देश

No comments:

Post a Comment